Comments Add Comment

डर्टमण्डको मैदानमा बायर्नको पुनरागमन जित

२३ कात्तिक, काठमाडौं । जर्मन बुण्डेसलिगामा डेर क्लासिकरको रुपमा परिचित खेलमा बायर्न म्युनिखले बोरुसिया डर्टमण्डलाई पराजित गरेको छ । डटर्मण्डको मैदानमा भएको खेलमा बायर्नले एक गोलले पछि परेको स्थिती उल्टाउदै ३-२ को जित हात पारेको हो ।

बायर्नका लागि डेभिड अलावा रोवर्ट लेवान्डोस्की लरे सानेले एक एक गोल गरे । डर्टमण्टका लागि मार्को रिउस र एर्लिन ब्रट हालान्डले गोल गरे ।

२४औं मिनेटमा लेवान्डोस्कीले बायर्नका लागि गोल गरेका थिए । तर भिएआर रेफ्रीले उक्त गोललाई मान्यता नदिँदा बायर्नले अग्रता लिन पाएन । पहिलो हाफको अन्त्तयतिर रिउसले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी टाइममा अलावाले बायर्नका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफको सुरुमै लेवान्डोस्कीले गोल गर्दा बायर्नले अग्रता लियो । ४८औं मिनेटमा लेवान्डोस्कीको गोलपछि बायर्नलेमा खेलमा पहिलो पटक अग्रता बनाएको थियो । ८०औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई ३-१ को अग्रता दिलाए । ८३औं मिनेटमा डर्टमण्डका हालान्डले गोल गर्दै गोलअन्तरमा ३-२ मा झारे । तर त्यसपछि घरेलु मैदानमा हालान्डले गोल थप्न सकेन । इन्जुरी टाइमको तेस्रो मिनेटमा लेवान्डोस्कीले अर्को गोल गरेपनि भिएआरले त्यसलाई मानयता दिएन ।

जितपछि ७ खेलबाट १८ अंक जोड्दै बायर्न शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट १५ अंकसहित डर्टमण्ड तेस्रो स्थानमा छ ।

त्यसअघि आरबी लाइपजिगले फ्रेएवर्गलाई ३-० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको थियो । तर बायर्नले जित हात पारेपछि लाइपजिग दोस्रोमा झरेको हो । लाइपजिगको ७ खेलबाट १६ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment