+
+
Shares

अमेरिकामा ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन थपिए एक लाख २७ हजारभन्दा धेरै संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २३ गते १३:२८

२३ कात्तिक, काठमाडौं। अमेरिकामा राष्ट्रपतीय निर्वाचनको माहोल चलिरहेको अवस्थामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भने उल्लेख्य संख्यामा बढेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अमेरिकामा शनिबार एक लाख २७ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका हुन् । यससँगै अमेरिकामामा समग्र कोरोना संक्रमितको संख्या ९८ लाख ६० हजार नाघेको छ । एक साताअघि नोभेम्बर १ मा अमेरिकामा ७३ हजार ५९४ नयाँ संक्रमित थपिएका थिए । तर, त्यसयता यो संख्यामा निरन्तरको वृद्धि देखिएको छ ।

त्यस्तै शनिबार अमेरिकामा कोरोनाको कारण एक हजार ४० जनाको मृत्यु भएको छ । यससँगै समग्र मृत्यु हुनेको संख्या दुई लाख ३७ हजार ११३ पुगेको छ । गत नोभेम्बर १ मा अमेरिकामा कोरोनाबाट ४०१ जनाको मृत्यु भएको थियो । त्यसयताको एक सातामा अमेरिकामा एकैदिनमा मृत्यु हुनेको संख्या १२ सयसम्म पुगेको थियो । अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको मुलुक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?