 
																			यदि तपाईंको बच्चालाई समयमा निद्रा नआउने समस्या छ भने यसको मतलब उसको सुताइमा केही न केही समस्या छ भन्ने बुझ्दा । तपाईंको बच्चामा केही घण्टाको अन्तरालमा निद्राबाट पटकपटक ब्युँझिने समस्या छ भने त्यो अनिद्रा वा इन्सामनियाको समस्याका कारण भएको हुन सक्छ । यस्तो इन्सामनिया दुई किसिमको हुन्छ ।
सर्ट टर्म इन्साम्निया
यो केही दिन या केही हप्तासम्म मात्र रहन्छ र फेरि ठीक हुन्छ । यसलाई अक्युट इन्सामनिया समेत भन्ने गरिन्छ ।
लङ टर्म इन्सामनिया
हरेक हप्तामा ३ दिन बच्चालाई सुत्न समस्या भइरहेको हुन सक्छ र यो समस्या एक महिना या यसभन्दा बढी समेयसम्म जारी रहन्छ । यसलाई क्रोनिक इन्सामनिया समेत भन्ने गरिन्छ ।
बच्चामा निद्रा नलाग्नुको लक्षण
बच्चामा हुने अनिद्राको समस्या जुनसुकै उमेरबाट पनि सुरु हुन सक्छ । जुनसुकै उमेरमा पनि यो समस्या देखिन सक्छ, चाहे बच्चा नवजात शिशु होस् या अरू नै किन नहोस् । यस्तो समस्या बच्चामा नै सुरु भएर कुनै सामान्य जीवनशैली परिवर्तन गरेसँगै निको हुने खालको हुन्छ भने कुनै लामो समयसम्म चलिरहन्छ । बच्चामा हुन सक्ने अनिद्राको लक्षण निम्नानुसार छ ।
–सुत्न इन्कार गर्ने र आफू पनि सुत्नको लागि ओछ्यानमा जान नखोज्नु ।
–सुत्ने कोठाको बत्ती बन्दी भएपछि कहिले पानी पिउन, कहिले शौचालय त कहिले विभिन्न कहानी सुन्ने चाहना राख्नु ।
–एक पटक ओछ्यानमा गएपछि पनि धेरै समयसम्म जागै रहनु वा निद्रा नपर्नु ।
–बीच रातमा पटकपटक निद्राबाट ब्युँझनु र फेरि सुत्न समय लाग्नु ।
–तपाईंले बच्चा कति सुतोस् भन्ने चाहनुहुन्छ त्योभन्दा छिटै उठ्नु ।
–अभिभावकबाट बनाइएको निद्रा तालिकाविरुद्ध काम गर्नु ।
–दैनिक एकै समय सुत्नुको साटो जतिबेला मन लाग्छ त्यतिबेला सुत्नु ।
–निद्रामा समेत केही समयको लागि सुत्नु ।
–बिहान स्कुल जानको लागि उठ्न नमान्नु आदि ।
त्यस्तै, बच्चा अनिद्राबाट पीडित बच्चामा देखिने थप लक्षणः
–हरेक समय थकान महसुस हुनु
–कुनै पनि काममा एकाग्रता या स्मरण शक्ति कम हुनु ।
–सामाजिक, पारिवारिक र शैक्षिक प्रदर्शनमा खराब असर पर्नु
–व्यवहारसम्बन्धी समस्या जस्तै हाइपर एक्टिभिटी, रिसालु स्वभाव, आक्रामक या सामान्यभन्दा फरक व्यवहार गर्नु आदि ।
–प्रोत्साहनमा कमी आउनु
–सही फैसला लिनु र उत्तेजनामा नियन्त्रण गर्न मुस्किल हुनु
बच्चालाई निद्रा नलाग्नुको कारण
ठूलो मान्छेमा जस्तै बच्चामा देखिने निद्रासम्बन्धी समस्या पनि समयसँगै निको हुँदै जान्छ । तर हप्तामा तीनदिनसम्म यस्तो समस्या हुने र त्यो क्रम एक महिनासम्म जारी रह्यो भने यसले बच्चाको दैनिक गतिविधिमा समेत समस्या सिर्जना गर्न सक्ने भएकोले उपचार गराइहाल्नु उपयुक्त हुन्छ । तर के कारणले बच्चामा यस्तो समस्या हुन्छ ? भन्ने कुरा भने बुझ्नु जरुरी हुन्छ ।
सुत्ने समयमा भएको चिन्ता
बच्चाको लागि सुत्ने समय सम्झिएर विकास हुने चिन्ता, निद्रा नआउनुको ठूलो कारण हो । हुन सक्छ कि बच्चालाई अँध्यारोसँग डर लाग्छ या फेरि उसलाई एक्लै सुत्न डर लाग्छ । जसरी जसरी बच्चा ठूलो हुन्छ उसैगरी उसको डर कम हुँदै जान्छ । तर जबसम्म यस्तो हुँदैन यस कुराको ध्यान दिनुपर्छ कि बच्चाको कोठा शान्त र आनन्ददायक हुनुपर्छ, जहाँ कुनै डराउने कुरा नहोस् ।
खराब सपनाको डर
हुन सक्छ कि बच्चालाई राति सपनामा कुनै कुराको डर लाग्दो अवस्थाको सिर्जना भएको छ । यस्तो सपनाको कारण बच्चाहरू रातमा निद्राको साटो जागा नै बस्छन् । दिउँसोमा हेरेको फिल्म, पढेको किताब आदिको आधारमा बच्चाको निद्रामा यस्ता समस्या सिर्जना हुन सक्छन् ।
चिन्ता या तनाव
जब बच्चालाई कुनै किसिमको तनाव बढी हुन्छ भने उनीहरूको निद्रामा त्यसले प्रत्यक्ष असर गरिरहेको हुन्छ । चिन्ता घरको होस् या त स्कुलको । त्यसैले बच्चालाई सकेसम्म कुनै चिन्ता या तनाव दिने जस्तो काम सकेसम्म गर्नुहुन्न ।
परिवारसँग जोडिएको समस्या
माता पिताको झगडा, उनीहरूको विवाहसँग जोडिएको समस्या, घरमा नयाँ बच्चा आएपछि उनीहरूलाई दिने धेरै महत्व र नयाँ सदस्यको बारेमा धेरै चिन्ता दिनुले पनि यस्तो समस्या सिर्जना गरेको हुन सक्छ ।
सुत्नुअघिको व्यवहार
कतिपय मान्छे कतिपय मान्छे राति सुत्नुअघि मोबाइल टिभी आदिमा झुम्मिने गर्छन् । त्यहाँ अनेक किसिमका भयानक चिज देखिरहेका पनि हुन सक्छन् । यसले गर्दा पनि हाम्रो निद्रालाई यसले असर गर्छ ।
यसबाहेक वातावरण, चिकित्सकीय समस्या र विभिन्न किसिमका औषधिहरूको दुष्प्रभावको कारणले पनि यसको समस्या थपिन्छ ।
बच्चालाई कसरी सुताउने पर्याप्त समय
निद्रासम्बन्धी विभिन्न अध्ययनहरूले बच्चालाई पर्याप्त निद्रा आवश्यक हुने भन्दै बच्चामा पर्याप्त निद्राको अभावमा स्मरण शक्तिमा कमी आउने, विभिन्न मानसिक समस्या सिर्जना हुने जस्ता समस्या निम्तिने बताउँछन् । बच्चा निद्रा सम्बन्धी समस्या समाधानको लागि निम्न कार्य गर्न सकिने जानकारहरू बताउँछन् ।
–दैनिक सुत्ने र उठ्ने समय यकिन गरौं
–सुत्ने र उठ्ने रुटिन बनाए
–सुत्नुभन्दा पहिले २ घण्टापहिले टिभी बन्द गर्नुहोस् ।
–निद्रा सम्बन्धी व्यवहारमा ल्याउनुहोस् बदलाव
–यस्तो समस्या आउन सक्ने चिन्ता र भयलाई बच्चाबाट टाढा राख्नुहोस् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4