Comments Add Comment

कास्की र स्याङ्जाका दुई कोरोना संक्रमितको मृत्यु

२३ कात्तिक, काठमाडौं । कास्कीको पोखरा र स्याङ्जाको गल्याङका एक/एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार स्याङ्जाको गल्याङ नगरपालिका–७ का ५० वर्षीय पुरूष र पोखरा महानगरपालिका–१३ का ९२ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

स्याङ्जाका ५० वर्षीय पुरूषको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज पाल्पामा आइतबार बिहान ७ः४५ बजे मृत्यु भएको उनले बताए । डा. शर्माका अनुसार १८ कात्तिकमा संक्रमण पुष्टि भएका उनी मधुमेह लगायतका रोगबाट ग्रसित थिए ।

यसैगरी कोरोना संक्रमित पोखराका वृद्धको होम आइसोलेसनमा कात्तिक २२ गते शनिबार बिहान मृत्यु भएको शर्माले बताए । शर्माका अनुसार १६ कात्तिकमा कोरोना संक्रमण देखिएका वृद्ध होम आइसोलेसनमा बस्दै आएका थिए

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment