+
+
Shares

चिनियाँ विज्ञको टिप्पणी : भारत नेपालसँगको सम्बन्ध सुधारमा लागेको छ

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २३ गते १७:५०
भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।

२३ कात्तिक, काठमाडौं । एक चिनियाँ विज्ञले भारतले चीन र पाकिस्तानसँगको द्वन्द्वमा केन्द्रित हुन नेपालसँग सम्बन्ध सुधारको प्रयास थालेको र हालै भएको भारतीय सेनाअध्यक्षको भ्रमण त्यसैको श्रृङ्खला भएको बताएका छन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्समा एक लेख लेख्दै तिसुंगा विश्वविद्यालयको नेसनल स्ट्राटेजी इन्टिच्युटका डाइरेक्टर क्वीन फेङले भनेका छन्, ‘अहिले भारत–चीन सिमा विवाद साम्य भएको छैन ।पाकिस्तानसँगको सीमा विवादका कारण भारतले धेरै सुरक्षाको चुनौती पनि सामना गरिहेको छ । यस पृष्ठभूमिमा भारतले भविष्यमा दुईवटा चुनौती एकैचोटी सामना गर्नुपर्ने हुनसक्ने सोचेको हुनसक्छ । भारतले नेपालसँगको सीमा विवादलाई हल गरेन भने यसको पेरिफेरल अवस्था झनै कठिन हुन्छ ।’

उनले अगाडि भनेका छन्,’परिणाम स्वरुप भारत सक्रियतापूर्वक नेपालसँगको सम्बन्ध सुधारमा लागेको देखिन्छ जसको उद्देश्य पाकिस्तान र चीनप्रति ध्यान केन्द्रित गर्नु हो ।’

उनको लेखको केही अंश :

भारतीय सेना प्रमुखको भ्रमणले भारत नेपालसँग सम्बन्ध सुधारका लागि इच्छुक छ भन्ने देखाउँछ । यो भ्रमणले दुई देशको बीचमा रहेको तनावलाई कम गर्ने अपेक्षा गरिएको छ किनभने नेपाली सेनाको भारतीय सेनासँग एकदमै नजिकको सम्बन्ध रहेको छ । दुई सेनाको बीचमा हुने संवादले दुई देशको समस्यालाई समाधान गर्न महत्वपूर्ण भूमिका खेल्नसक्छ । भारतले दक्षिण एसियालाई आफ्नो प्रभाव क्षेत्रको रुपमा लिने गर्दछ । यसको आशा आफ्नो मात्र प्रभाव राख्ने र अरुलाई छिर्न नदिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?