+
+
Shares

राप्ती प्राविधिक शिक्षालयमा सन्चालित आइसोलेसन सेन्टर बन्द गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २४ गते ११:२४

२४ कात्तिक, दाङ । दाङ देउखुरीमा अवस्थित राप्ती प्राविधिक शिक्षालयको भौतिक पूर्वाधार लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गर्न छलफल सुरु भएलगत्तै त्यहाँ सन्चालित आइसोलेसन सेन्टर हटाउने निर्णय गरिएको छ ।

अब देउखुरी उपत्यकामा पर्ने चारवटा स्थानीय तहले आ–आफ्ना पालिकाको उपयुक्त स्थान छनोट गरेर आइसोलेसन सेन्टर सन्चालन गर्ने छन् ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसमेतको सहभागितामा आइतबार राप्ती गाउँपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका जनप्रतिनिधिहरुको संयुक्त बैठक बसेको थियो ।

सो बैठकले राप्ती प्राविधिक शिक्षालयमा सञ्चालित कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टरलाई आगामी मंसिर १ गतेबाट बन्द गर्ने र पालिका तहमा सन्चालन गर्ने निर्णय गरेको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए ।

कोरोना विशेष देउखुरी आइसोलेसन केन्द्र सञ्चालन तदर्थ समितिका अध्यक्ष एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको बैठकमा दाङका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, लमही नगरपालिकाकी उपमेयर देवका बेलबासे, गढवा गाउँपालिकाका अध्यक्ष शहजराज अहिर, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी र नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल विजय बस्नेतको उपस्थिति थियो ।

राप्ती प्राविधिक शिक्षालयमा राप्ती गाउँपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाको संयुक्त लगानीमा आइसोलेसन सेन्टर सन्चालन गरिएको थियो । सो आइसोलेसन सेन्टरबाट हालसम्म २ सय ४६ जनाले उपचार पाएर घर फर्किएका छन् । हाल ९ जना संक्रमितको उपचार जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?