Comments Add Comment

कोरोना संक्रमणबाट पोखराका चार जनाको मृत्यु

२४ कात्तिक, काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित गण्डकी मेडिकल कलेजमा दुई जना, मणिपाल शिक्षण अस्पताल र फिस्टेल अस्पतालमा एक/एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।

डा. शर्माका अनुसार पोखरा महानगरपालिका–११ का ६० वर्षीय पुरूषको सोमबार बिहान १०ः१३ बजे र पोखरा महानगरपालिका–१७ की ७४ वर्षीया वृद्धाको आइतबार साँझ ६ः१८ बजे गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । ६० वर्षीय वृद्धमा १६ कात्तिकमा र ७४ वर्षीया वृद्धामा भने कात्तिक २३ गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी पोखरा महानगरपालिका–१० का ८६ वर्षीय वृद्धको फिस्टेल अस्पताल पोखरामा आइतबार राति ११ः४१ बजे मृत्यु भएको डा. शर्माले बताए । वृद्धमा १९ कात्तिकमा संक्रमण पुष्टि भएको थियो ।

यसैगरी पोखरा महानगरपालिकाकै ८२ वर्षीया वृद्धाको मणिपाल शिक्षण अस्पताल पोखरामा आइतबार साँझ ६ः ५० बजे मृत्यु भएको उनले बताए । उनका अनुसार वृद्धामा २२ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १११ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment