+
+

भुवनहरि सिग्देलको नवौं उपन्यास ‘लालस’ बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २५ गते १५:०२

साहित्यकार भुवनहरि सिग्देलको नवौं उपन्यास ‘लालस’ प्रकाशित भएको छ ।

कवि, आख्यानकारको परिचय बनाएका भुवनहरि सिग्देलको यो पैँतिसौं कृति हो । आइतबार एक समारोहबीच समालोचक राजकुमार बानियाँ, उपन्यासकारद्वय शैलेन्द्र अधिकारी र तर्कना शर्मा, शोभा पौडेल, सन्तोष दाहाल र लेखक भुवनहरि सिग्देलले संयुक्तरूपमा पुस्तक लोकार्पण गरे ।

‘लालस’ उपन्यासमा संवेदनशील भावुकता, लालित्यपूर्ण भाषाशैली र करुणामय बोध रहेको उल्लेख गरिएको छ । विस्मयकारी घटना, लिप्सा, भोक र भोगको मनोविज्ञान नै उपन्यासको केन्द्रीय विषय रहेको छ ।

सिग्देलका यसअघि ‘आमोई’, ‘रमिलानानी’, ‘अद्भुत तिवारी’ चर्चित रहेका थिए । शिखा बुक्सबाट प्रकाशित उपन्यासकोे मूल्य ४ सय २५ रुपैयाँ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?