Comments Add Comment

विप्लव समूहको नाममा उपत्यकाका व्यवसायीलाई धम्क्याउने गिरोह समातियो

२५ कात्तिक, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव समूह) नेतृत्वको नेता भएको बताएर उपत्यकाका व्यवसायीबाट चन्दा असुली गर्न खोजेको अभियोगमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटका विन्तोष सिलवाल (सुनार), रामेछापका रामदल श्रेष्ठ (अटल), काभ्रेका तीर्थमान तामाङ र चितवनका नन्दुराज आचार्य छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनीहरुलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

महाशाखाका एसएसपी दिपक थापाका अनुसार उनीहरुले माग बमोजिम चन्द नदिए भौतिक कारबाही गर्ने समेत चेतावनी दिँदै आएका थिए । व्यवसायीबाट प्राप्त गुनासोपछि अनुसन्धान गर्ने क्रममा धम्की दिने व्यक्ति विप्लव समूहमै आबद्ध नभएको खुलेको थापाको भनाइ छ ।

हाल पक्राउ परेका सबै जनामाथि आपराधिक लाभ लिन नहुने सम्बन्धी कसूरमा जिल्ला अदालत, काठमाडौंबाट तीन दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment