+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेपाल–भारत उच्चस्तरीय भ्रमणको बाटो खुल्न सक्छ : पूर्वराजदूत पुरी

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २६ गते ८:३८

२६ कात्तिक, काठमाडौं । नेपालका लागि पूर्व भारतीय राजदूत मन्जिभ सिंह पुरीले भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणलाई नेपालमा निकै स्वागत गरिएको बताउँदै यो भ्रमणले दुई देशबीचमा निरन्तर उच्च तहको भ्रमणको बाटो खोल्न सक्ने बताएका छन् ।

भारतीय पत्रिका दि ट्रिबुयनमा भारतीय सेनापतिको नेपाल भ्रमणको सन्दर्भमा एक लेख प्रकाशित गर्दै राजदूत पुरीले नेपाल र भारतको सम्बन्धमा कुनै पनि खालको दुरी हुन नहुने समेत बताएका छन् । उनले भनेका छन्, ‘भारतको सेना प्रमुखलाई आमन्त्रण गर्ने नेपालको गेष्चर र त्यसलाई स्वीकार गर्ने भारतको निर्णयले द्विपक्षीय नियमित कुराकानी शुरु गर्ने पारस्परिक चासोलाई संकेत गर्छ ।’

उनले रअ का प्रमुख सामन्त कुमार गोयलको जस्तै सेनापतिको भ्रमणले पनि मिडियाको अस्वाभाविक ध्यान आकृष्ट गर्नु स्वभाविक भएको समेत बताएका छन् । उनले नेपाली र भारतीय सेनाबीच विशेष सम्बन्ध रहेको बताउँदै दुवै देशका सेनाको सहयोगलाई विस्तृतमा उल्लेख गरेका छन् ।

अन्य भारतीय कूटनीतिज्ञ जस्तै पुरीले पनि लेखमा नेपालमा ‘चाइना कार्ड’ खेल्ने गरेको र प्रधानमन्त्री केपी शर्मा ओली भारत विरोधी राष्ट्रवादको आडमा सत्तामा आएको उल्लेख गरेका छन् ।

नेपालमा राजदूत रहँदा धेरै नबोल्ने र नेपालको राजनीतिक मामिलामा हस्तक्षेप नगर्ने छबी बनाएका पुरीले राजदूतको कार्यकाल सकिएपछि भने नेपालको बारेमा आलोचनात्मक विचारहरु लेखिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?