Comments Add Comment

राजस्थानका जोफ्रा आर्चर आईपीएलको मोस्ट भ्यालुएबल प्लेअर

२६ कात्तिक, काठमाडौं । राजस्थान रोयल्सका फास्ट बलर जोफ्रा आर्चर १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० का मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका छन् ।

मंगलबार दुबईमा सम्पन्न आईपीएलको अंक तालिकामा राजस्थान अन्तिम स्थानमा रहे पनि आर्चर भने लिगकै मोस्ट भ्यालुएबल प्लेअर बने । आर्चरले दिल्ली क्यापिटल्सका बलर कागिसो रबाडा र मुम्बई इन्डियन्सको बलर जसप्रित बुमराहलाई पछि पारे ।

फाइनलमा मुम्बईले दिल्लीलाई ५ विकेटले पराजित गर्दै कीर्तिमानी पाँचौ पटक उपाधि जितेको छ । च्याम्पियन मुम्बईले फेयर प्लेको अवार्ड समेत जित्यो ।

यस्तै मुम्बईकै काएरन पोलार्ड, इशान किसन र ट्रेन्ट बोल्टले पनि व्यक्तिगत अवार्ड जिते । पोलार्डले सुपर स्ट्राइकर अवार्ड र बोल्टले पावर प्ले अवार्ड जिते । कसिनले सर्वाधिक छक्का प्रहार गर्ने अवार्ड जिते । उनले लिगभर कूल ३० छक्का प्रहार गरे ।

लिगभर सर्वाधिक रन बनाउने खेलाडीलाई प्रदान गरिने अरेन्ज क्याप किंग्स एलेभेन पञ्जावका कप्तान तथा विकेटकिपर लोकेश राहुलले पाए । राहुलले १४ खेलमा १ शतक  र ५ अर्धशतकसहित ६७० रन बनाए । राहुलले गेम चेन्जर अवार्ड समेत प्राप्त गरे ।

यस्तै सर्वाधिक विकेट लिने खेलाडीले पाउने पर्पल क्या अवार्ड दिल्लीका फास्ट बलर रबाडाले पाए । रबाडाले १७ खेलमा कूल ३० विकेट लिए ।

आइपीएल १३औं सिजनको इमर्जिङ प्लेयर अवार्ड रोएल च्यालेन्जर्स बैंगलोरका युवा ओपनर ब्याट्सम्यान देबदत्त पाडिक्कलले जिते । उनले लिगमा १५ खेल खेल्दै ५ अर्धशतकको मद्दतमा ४४३ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment