+
+
Shares

वीरगञ्जका विद्यालयमा स्वास्थ्य सतर्कताको अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २६ गते १९:३९

२६ कात्तिक, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले पठनपाठन सञ्चालन भएका विद्यालयमा स्वास्थ्य सुरक्षा मापदण्ड पालनाबारे अनुगमन गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारी कारण बन्द रहेका विद्यालयमा कात्तिक २३ गतेदेखि कक्षा ८, ९ र १० को पठनपाठन सञ्चालन गरिएको छ । महानगरका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले पाँच वटा टोली खटाएर निजी र सामुदायिक विद्यालयको अनुगमन गरिएको बताए ।

त्यसबाहेक नगर प्रमुख विजय कुमार सरावगी, प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला र शिक्षा माहाशाखा प्रमुख उनी स्वयं पनि अनुगमनमा गएका छन् ।

‘साढे १ बजे कोन्हिया माविमा स्कुल नै बन्द थियो । जगरनाथपुर स्कुलमा ८ कक्षामा विद्यार्थी नै थिएनन्’ उनले भने ‘उपस्थित भएकामध्ये सबै विद्यार्थीले मास्क लगाएका रहेछन् कतिपयले विद्यालय प्रवेश गर्नुअघि साबुन पानीले हात धुने व्यवस्था गर्नुपर्नेमा धारामा मात्रै राखेका रहेछन् ।’

केही विद्यालयले थर्मल गनले विद्यार्थीको ज्वरो नापेका छन् । सबै विद्यार्थी विद्यालय आउँदा सामाजिक दूरी कायम गर्न समस्या देखिएको शैक्षिक प्रशासन महाशाखाका आनन्द लामिछानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?