Comments Add Comment

देशव्यापी अभियानका लागि योग प्रेमी परिवार नेपालको नयाँ कार्य समिति

योग प्रेमी परिवार नेपालको नयाँ नेतृत्व खेटराज मैनालीले सम्हाल्ने भएका छन् । काठमाडौंमा सम्पन्न प्रथम साधरणसभाले  मैनालीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको हो  ।

जस अन्तर्गत उपाध्यक्षमा उद्धवप्रसाद दाहाल र महासचिवमा  भीमप्रसाद आचार्यलाई निर्वाचित गरेको छ ।  मुकुन्द बोगटीलाई सचिवमा, निरकुमारी भट्टराईलाई कोषाध्यक्षमा र सुनोज श्रेष्ठलाई सहकोषाध्यक्षमा निर्वाचित गरेको छ ।

कोरोना संक्रमणको कारण योग प्रेमी परिवार नेपालले पहिलो साधारण सभा केन्द्रिय कार्यालय र जूम अनलाईन मार्फत् सम्पन्न गरेको थियो । उक्त साधारण सभाले बिरबहादुर थापा, अनिता रेग्मी, रेशम पण्डित र साबित्रि लामिछानेलाई केन्द्रिय सदस्यको रुपमा निर्वाचित गरेको छ ।

योग प्रेमी परिवार नेपालका संरक्षक योग शिक्षक भानुभक्त दाहालको संयोजकत्वमा भएको साधारण सभाले प्रदेश र जिल्ला स्तरिया समितीको गठन र निर्वाचन गरेको छ । निर्वाचित पदाधिकारीहरुमा प्रदेश नम्बर एकको अध्यक्षमा वासुदेव काफ्ले निर्वाचित भएका छन् भने उक्त समितीमा सुरेन्द्रराज  काफ्ले, अमृता नेपाली र नविन ढुगेंल रहेका छन् । यस्तैगरी बाग्मती प्रदेशको अध्यक्षमा प्रदिप डंगोल निर्वाचित भएका छन्  भने उक्त समितीमा कमलअर्याल, विवसविलास पाठक र सविता न्यौपाने रहेका छन् ।

प्रथम साधारण सभाले गण्डकी प्रदेशको अध्यक्षमा यमबहादुर थापालाई निर्वाचित गरेको छ भने उक्त प्रदेशको सदस्यमा छबीलाल  लामीछाने र डा. प्रकास रेग्मी रहेका छन् । यसैगरी कर्णाली प्रदेशको अध्यक्षमा टंकबहादुर थापा अध्यक्षको रुपमा र सन्तोस पाण्डे सदस्यको रुपमा रहेका छन् ।

प्रथम साधारण सभाले काठमाडौं जिल्ला समितिको पनि निर्वाचन गरेको छ । उक्त समितिमा मन्दिरा शाही अध्यक्षमा निर्वाचित भएका छन् भने समितिमा रबिप्रसाद पौडेल, प्रमिता खनाल, शान्तिदेवी कँडेल, सुमन मैनाली, दिपा गुरुङ, सरस्वती न्यौपाने र बिनु केसी रहेका छन् ।

यसैगरी बूढानीलकण्ठ नगरपालिकामा पुष्पा थापा खड्काको संयोजकत्वमा रेवति श्रेष्ठ, सिता अधिकारी भट्टराई, साबित्रा कार्की, सुशिलादेवि भट्टराई, दयानिधि सापकोटा, शुभ श्रेष्ठ, गिता बिष्ट र कविता थापा सदस्यको रुपमा रहेक छन् ।

प्रथम साधारण सभावाट निर्वाचित हुन भएका सबै पदाधिकारीहरुलाई योग प्रेमि परिवार नेपालका प्रमुख संरक्षक डा. हरिप्रसाद पोखरेल (मानसाग्नी) ले शपथ ग्रहण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment