+
+
Shares

हेटौंडाका कोरोना संक्रमित पुरुषको चितवनमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २७ गते १०:२४

२७ कात्तिक, काठमाडौं । मकवानपुरका एकजना कोरोना संक्रमित पुरुषको चितवनमा उपचारको क्रममा मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १५ का ४९ वर्षीय पुरुषको गएराति ११ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा. दयाराम लम्सालले जानकारी दिए ।

हेटौंडास्थित आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्द्धन शाखामा यही कात्तिक २४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । चितवन मेडिकल कलेजको कोभिड आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?