+
+
Shares

चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २७ गते ११:२७
फाइल तस्वीर

२७ कात्तिक, काठमाडौं । कोरोना संक्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले केसीको उचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पोडेलले जानकारी दिएका छन् ।

केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । ८० वर्षीय केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

निमोनिया देखिएका पूर्वउपप्रधानमन्त्रीसमेत रहेका केसीको लामो समय उपचार गर्नुपर्ने देखिएको जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?