
२७ कात्तिक, काठमाडौं । चिनियाँ सरकारले हङकङका प्रजातन्त्रवादी सांसदले सामूहिक राजीनामा दिएको विषयलाई ‘तमासा’ देखाएको र आफ्नो प्रशासनलाई ‘खुला चुनौती’ दिएको भन्दै आलोचना गरेको छ ।
बुधबार हङकङका १छ प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएका थिए । चीनले पारित गरेको नयाँ प्रस्ताव पारित गर्दै हङकङका चार सांसदलाई अयोग्य घोषित गरेसँगै बाँकी प्रजातन्त्र पक्षधर नेताहरुले सामूहिक राजीनामाको निर्णय गरेका थिए ।
चीनले अयोग्य घोषित गरिएका चार सांसद राष्ट्रिय सुरक्षाको हिसाबले जोखिम रहेको दाबी गरेको छ । यद्यपि धेरैले चीनको यो कदमलाई हङकङको वाक स्वतन्त्रतामा थप अंकुश लगाउने कदमको रुपमा हेरेका छन् । चीनले भने यो आरोपको खण्डन गर्दै आएको छ ।
चीनको हङकङ र मकाउ मामिला कार्यालयले बिहीबार सामूहिक राजीनामाको आलोचना गर्दै यो चीन सरकारको प्रशासन र आधारभूत कानुनविरुद्धको खुला चुनौती भएको बताएको छ ।
कार्यालयका एक प्रवक्ताले भने, ‘ कट्टर विरोधीलाई भड्काउन र विदेशी हस्तक्षेपको याचनाको लागि उनीहरुले सामूहिक राजीनामा दिएका हुन् भने उनीहरु यसमा चुकेका छन् ।’
स्रोत : बीबीसी
प्रतिक्रिया 4