Comments Add Comment

६३ बर्षमा हरिवंश

नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका सफल कलाकार हरिवंश आचार्य आज आफ्नो जन्मदिन मनाइरहेका छन् । वि.सं २०१४ साल कात्तिक २७ गते हरिवंशको जन्म काठमाण्डौको गौरीधारामा भएको हो । हरिवंशले आफ्नो करिअरको सुरुवात वि.सं २०३१ सालमा रेडियो नेपालको नाटकमा काम गरेर सुरु गरेका थिए ।

यसपछि उनी राष्ट्रिय नाँचघरमा आवद्ध भए र उनले गाइजात्रा महोत्सवमा सहभागी भए । अर्का सफल हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठसँग सहकार्य गर्नु अगाडि हरिवंशले ६ बर्ष एक्लै काम गरेका थिए । हरिवंशले केही सफल चलचित्रमा पनि काम गरेका छन् । उनले ‘लोभीपापी, राजमती, जे भो राम्रै भो, तँ त साह्रै बिग्रिस नी बद्री, शत्रु गते, दाल भात तरकारी’ जस्ता सफल चलचित्रमा काम गरेका छन् । हरिवंशले चलचित्र ‘बलिदान’मा गरेको जीवन्त अभिनयलाई दर्शकले आज पनि संझिएका छन् ।

हरिवंशले चलचित्रसँगै टेलिसिरियल, नाटक, विज्ञापनमा पनि काम गरेका छन् । हरिवंशले अभिनय गरेका ‘भाइरस, विज्ञापन, लक्ष्मी, असल लोग्ने, कालाजार, पानी, राजमार्ग, कान्तिपुर, ओहो, सुर बेसुर, बनपाले, रात, चिरञ्जीवी, दशैं, पन्ध्र गते, शान्ती’ जस्ता सिरियलले पनि दर्शकको माया पाए ।

अघिल्ला बर्ष हरिवंशले आफ्नो जन्मदिन चलचित्रकर्मी, हाँस्य कलाकार र मिडियाकर्मीसँग मनाउँदै आएका थिए । तर, यसपटक भने नेपाली हाँस्य क्षेत्रका यी सफल कलाकारले कोरोना महामारीका कारण जन्मदिनको विशेष कार्यक्रम आयोजना गरेका छैनन् । नेपाली चलचित्र क्षेत्रका एक सफल कलाकारलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment