+
+

पटाका पड्काउँदा आगलागी, ६ घर जल्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २७ गते १५:४६

२७ कात्तिक, सप्तरी । बालबालिकाले पड्काएको पटाकाबाट आगलागी हुँदा सप्तरीको डाक्नेश्वरी नगरपालिकामा ६ वटा घर जलेको छ ।

नगरपालिकाको वडा नम्बर ३ तरहीमा बिहीबार दिउँसो पटाका पड्काउँदा आगलागी भएको हो । बतहीदेवी मुखियाको घरबाट शुरु भएको आगोले उनका छिमेकी रामरुप, राज, मुकेश, राजकुमार र मुकेश मुखियाको १/१ वटा घर जलेको छ । उनीहरुको घरभित्रको सम्पूर्ण सामान जलेर झण्डै १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागीले सबैभन्दा बढी राजकुमार मुखियाको घरमा भएको छ । उनको एक घरसहित घरभित्रका सामान जल्दा ७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

आगलागीलाई स्थानीय बासिन्दा एवं प्रहरीको सहयोगमा निभाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?