
सम्झनाको हत्यारालाई कारबाहीको माग गर्दै गरिएको धर्ना कार्यक्रम ।
२७ कात्तिक, काठमाडौं । बलात्कारपछि हत्या गरिएको बझाङकी १२ वर्षीय सम्झना बिकको परिवारलाई सरकारले ३ लाख आर्थिक सहायता प्रदाने गर्ने भएको छ
यही कात्तिक २० गते बसेको मन्त्रिपरिषदको बैठकले बालिकाको परिवारलाई राहतस्वरुप ३ लाख आर्थिक सहायता दिने निर्णय गरेको हो ।
गत असोज ७ गते साँझ गाईबस्तुलाई घाँस हाल्न गएकी मस्टा गाउँपालिका- २ की सम्झना निर्वस्त्र अवस्थामा मृत भेटिएकी थिइन् ।
बलात्कारपछि सम्झनाको हत्या गरेको आरोपमा राजेन्द्र बोहोरा पक्राउ परेका छन् । बोहोराले त्रिसुलले हानेर सम्झनाको हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4