+
+
Shares

चिनियाँ खोपको परीक्षण पुनः सुरु गर्न ब्राजिलको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २७ गते १७:११
Photo Credit : REUTERS

२७ कात्तिक, काठमाडौं । ब्राजिलको स्वास्थ्य नियामकले चिनियाँ कम्पनीले निर्माण गरिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको परीक्षण पुनः सुरु गर्न अनुमति दिएको छ । दुई दिनअघि परीक्षणको क्रममा नकारात्मक असर देखिएको भन्दै ब्राजिलको स्वास्थ्य नियामक अभिसाले यो परीक्षण रोक्ने निर्णय गरेको थियो । यो खोपको परीक्षणको क्रममा एक स्वयंसेवकको मृत्यु भएसँगै खोपको परीक्षण रोकिएको हो । यद्यपि यो परीक्षण गरिरहेको इन्स्टिच्युटका प्रमुखले भने स्वयंसेवकको मृत्युसँग यो खोपको कुनै सम्बन्ध नभएको बताएका थिए ।

बुधबार अभिसाले एक विज्ञप्ति जारी गर्दै यो खोपको परीक्षण पुनः सुरु गर्न पर्याप्त विवरण रहेको उल्लेख गरेको छ । अभिसाले अनुसन्धानको क्रममा परीक्षण केही समय रोकिनुले खोप गुणस्तरहीन, असुरक्षित र प्रभावहीन रहेको नबुझाउने बताएको छ ।

यसअघि ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले ब्राजिलमा जारी चिनियाँ खोपको परीक्षण रोकिनु आफ्नो जित भएको बताएका थिए । बोल्सोनारोले निरन्तर चिनियाँ खोपको विरोध गर्दै आएका छन् । चिनियाँ खोप भएकाले उनले उक्त खोपको विरोध गर्दै आएका छन् । उनले आफ्नो मुलुकले चिनियाँ कोरोना खोप नकिन्ने बताएका छन् । यसै विषयमा बोल्सोनारोको सोओ पाउलोका गभर्नर जोआओ डोरियासँग विवाद देखिँदै आएको छ । डोरियाले सार्वजनिकरुपमा नै चिनियाँ परीक्षणको समर्थन गर्दै आएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?