+
+

नेपाली प्रकाशकले विदेशमा पुस्तक छपाएर ल्याए भन्सार कर लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २७ गते १७:५८

२७ कात्तिक, काठमाडौं । सरकारले पुस्तक आयातमा लागेको भन्सार कर खारेज गर्ने निर्णय गरेको छ । तर, यो प्रावधान भने विदेशी प्रकाशकले प्रकाशन गरेका पुस्तक आयातको हकमा मात्र लागू हुने भएको छ ।

नेपाली प्रकाशकले विदेशमा पुस्तक प्रकाशन गरी नेपाल भित्राएमा भने १० प्रतिशत भन्सार महसुल लाग्ने साविकको व्यवस्था यथावत रहेको अर्थमन्त्रालयले स्पष्ट पारेको छ ।

यसअघि आर्थिक ऐन २०७६/७७ ले जुनसुकै प्रकाशकको नाम उल्लेख भएर आउने पुस्तकमा १० प्रतिशत भन्सार महसुल लाग्ने तर, मूल्य अभिवृद्धि कर भने नलाग्ने व्यवस्था गरेको थियो ।

२५ कात्तिको मन्त्रिपरिषद् बैठकले नेपाली प्रकाशकले विदेशमा छपाएर ल्याउन खोजेमा भने १० प्रतिशत भन्सार यथावत राख्ने निर्णय गरेको ।

यस्तो छ निर्णय 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?