Comments Add Comment

गम्भीर प्रकृतिका फौजदारी अपराध लुकाउनेलाई कारबाहीको दायरामा ल्याउन निर्देशन

२७ कात्तिक, काठमाडौं । महान्यायाधीवक्ता अग्निप्रसाद खरेल र प्रहरी महानिरीक्षक शैलेस थापाले अपराध अनुसन्धान र अभियोजनमा सुधार ल्याउन देशैभरका प्रहरी प्रमुख र सरकारी वकिल कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

महान्यायाधीवक्ता खरेल र प्रहरी महानिरीक्षक थापाले ७७ वटै जिल्लाका प्रहरी प्रमुख र सरकारी वकिल कार्यालयका प्रमुखहरुलाई बिहीबार यस्तो निर्देशन दिएका हुन् ।

महान्यायाधिवक्ता खरेलले पछिल्लो समयमा गम्भीर प्रकृतिका फौजदारी कसुरमा पनि स्थानीय स्तरमा मेलमिलाप हुने र अपराधलाई लुकाउन लगाउने जस्ता कार्यहरु भइरहेको भन्दै यस्ता गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

महान्यायाधिवक्ता खरेलले सरकारी वकील कार्यालय तथा प्रहरी कार्यालयको अवस्था हिजो जस्तो कमजोर नरहेको तर्फ औंल्याउँदै उपलब्ध स्रोत साधनको समुचित प्रयोग गरी कार्य सम्पादनमा सुधार ल्याउन आग्रह समेत गरे ।

सम्बोधनको क्रममा महानिरीक्षक थापाले जरुरी पक्राउ पुर्जीको अनुसन्धान अधिकारीबाट दुरुपयोग गरिएको भन्ने गुनासो सुन्न आएको भन्दै अनावश्यक रुपमा जरुरी पक्राउ पुर्जी जारी नगर्न र यसलाई नियमका रुपमा भन्दा अपवादका रुपमा मात्र प्रयोग गर्न निर्देशन दिएका छन् ।

महान्यायाधिवक्ता र प्रहरी महानिरीक्षकबाट संयुक्त रुपमा सरकारी वकील र प्रहरी प्रमुखहरुलाई सम्बोधन गरिएको यो पहिलो अवसर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment