Comments Add Comment

मेसीको गोललाई मान्यता नदिएकामा स्कालोनीको आपत्ति

२८ कात्तिक, काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा शुक्रबार बिहान अर्जेन्टिना र पाराग्वेले १-१ को बराबरी खेल्दै अंक बाँडे । दोस्रो हाफमा अर्जेन्टिनाका कप्तान लिओनल मेसीले गरेको गोललाई भीएआर रेफ्रीले मान्यता नदिँदा अर्जेन्टिना जितबाट बन्चित भयो ।

उक्त गोलले मान्यता पाएको भए अर्जेन्टिना २-१ ले विजयी हुने थियो । अर्जेन्टिनाका प्रशिक्षक लिनेल स्कालोनीले अर्जेन्टिना जितबाट बञ्चित भएपछि भीएआरको आलोचना गरेका छन् । उनले भीएआरको एकरुपता हुनुपर्ने माग राखे ।

खेलको २१ औं मिनेटमा एन्जल रोमेरोले पेनाल्टीमा गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए । तर ४१ औं मिनेटमा निकोलस गोन्जालेजले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए ।

मेसीले दोस्रो हाफमा गोल गर्दै अर्जेन्टिनालाई छनोटमा लगातार तेस्रो जित नजिक पुर्‍याएका थिए । तर भीएआर चेकपछि उक्त गोलले मान्यता पाएन ।

‘मेरो विचारमा भीएआरको विषयमा एकरुपता खोज्न आवश्यक छ’ स्कालोनीले न्युज कन्फ्रेन्समा भने, ‘म राम्रो र नराम्रो विषयमा कुरा गरिरहेको छैन, तर मापदण्ड हुनुपर्छ ।’

यस्तै इजेक्वेल पालासओसमीको फाउलबारे भीएआरले रिभ्यु नगरेको स्कालोनीले बताए ।

खेलमा स्लो स्टार्ट गरेको अर्जेन्टिनाले पेनाल्टीमा गोल खाएपछि भने खेलमा हावी भएको थियो । पछिल्ला ८ वटा  छनोट खेलमा अर्जेन्टिनाले पाराग्वे विरुद्ध २ खेल मात्र जितेको छ ।

प्रशिक्षक स्कालोनी आफ्नो टिमको प्रदर्शनबाट भने सन्तुष्ट देखिए । ‘सुरुवाती १५ मिनेटमा टिमले राम्रो गर्न सकेन । पेनाल्टीपछि साँच्चै भन्दा मेरो विचारमा हाम्रो पक्षमा रह्यो ।’

उनले अर्जेन्टिनाले जितको लागि हरसम्भव प्रयास गरेको र तीतो सत्यको रुपमा खेल अन्त्य भएको बताए । यस्तै दोस्रो हाफमा विपक्षीलाई पछि पार्न सफल भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment