२८ कात्तिक, काठमाडौं । नेयमारको वकिलले बार्सिलोनासँग ४४ मिलियन युरो माग गरेको छ । दुई पक्षबीच भएको कानुनी लडाइको अन्तिम अध्यायमा बार्सिलोनालाई ब्राजिलियन खेलाडीलाई ४४ मिलियन युरो तिर्न भनिएको बताइएको छ ।
पेरिस सेन्ट-जर्मेनका खेलाडी नेयमारले पनि आफ्ना प्रतिनिधिहरूले जूनमा गरेको फैसलालाई लिएर अपील गरेका थिए । उनको पूर्व क्लबलाई ७.७ मिलियन यूरो भुक्तान गर्न भनिएको विषयलाई लिएर अपिल गरेका थिए ।
क्यु टी जि जुग्सले गरेको रिपोर्ट अनुसार नेयमारले आफ्नो पुरानो क्लबबाट करिब ६० मिलियन युरो माग गरिरहेका छन् । नेयमार २०१७ मा बार्सिलोनाबाट पीएसजी पुगेका थिए । नेयमारको मामलामा उनी अझै पनी ४४ मिलियन युरो नविकरण बोनस पाउने विश्वास गर्छन् ।
बार्सिलोनाले क्लब छोड्दासम्म मात्र उसलाई रकम तिरेको थियो । अब यो मामला क्याटालोनियाको उच्च न्यायालयले सुल्झाउनेछ ।
यी कानुनी दाबीहरूको जड २६ मिलियन युरोको बोनस हो, जुन नेयमार र बार्सिलोनाबीच २०२१ सम्ममा क्याम्प न्युमा आफ्नो सम्झौता नवीकरण गर्दा सहमति भइसकेको थियो । तर नेयमार पीएसजी गएपछि क्याटलान क्लबले अबरुद्ध गर्यो ।
प्रतिक्रिया 4