 
																			२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जा स्थायी घर भएका महासमिति सदस्य मोहनप्रसाद पाण्डेलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका सूर्यबहादुर केसीको निधन भएर रिक्त रहेको स्थानमा पाण्डेको नाम सिफारिस गर्ने निर्णय गरेको हो । पाण्डेको नाम खस आर्यतर्फ क्र.स. १२ मा छ ।
कालीगण्डकी गाउँपालिका, स्याङ्जाका पाण्डे पहिलो संविधानसभामा सभासद थिए । २०६४ को संविधानसभा निर्वाचनमा उनी प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ स्याङ्जा–३ बाट निर्वाचित भएका थिए ।
२०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका उनी २०४८ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बनेका थिए । २५ मंसिर २०१९ सालमा जन्मेका पाण्डेले व्यवस्थापनमा स्नातक उत्तीर्ण गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4