Comments Add Comment

नेशन्स लिग : फ्रान्ससँग पराजित हुँदै साविक विजेता पोर्चुगल बाहिरियो

३० कात्तिक, काठमाडौं । साविक विजेता पोर्चुगललाई पराजित गर्दै फ्रान्स युइएफए नेशन्स लिगको फाइनल फोरमा प्रवेश गरेको छ । समूह ए ३ अन्तर्गत गएराति भएको खेलमा पोर्चुगललाई १-० ले पराजित गर्दै फ्रान्स फाइनल फोरमा पुगेको हो ।

साविक विजेता पोर्चुगल भने उक्त हारपछि समूह चरणबाटै बाहिरिएको छ । पोर्चुगलको मैदानमा भएको खेलमा फ्रान्सका लागि ५२औं मिनेटमा एन गोलो कान्टेले एक मात्र गोल गरे । फ्रान्सको लागि ४४ खेल खेल्दा कान्टेले गरेको यो दोस्रो गोल हो ।

जितपछि फ्रान्सले ५ खेलबाट १३ अंक जोडेको छ । समान खेलबाट पोर्चुगलको १० अंक छ । यी दुई टोलीबीचको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो । फ्रान्सले अन्तिम खेल हार्ने र पोर्चुगलले अन्तिम खेल जितेको अवस्थामा समान अंक भएपनि हेड टु हेड लागु हुने हुँदा पोर्चुगल बाहिरिने पक्का भएको हो ।

यसै समूहको अर्को खेलमा स्वीडेनले क्रोएसियालाई २-१ ले पराजित गरेको छ । जितपछि स्वीडेनले पहिलो ३ अंक जोडेको छ । ५ खेलपछि क्रोएसिया र स्वीडेनले समान ३ अंक जोडेको छ । समूह चरणको अन्तिम खेल बाँकी रहँदा दुवै टोली रेलिगेसन टार्न योजनामा छ ।

स्वीडेनका लागि डेजान कुलुसेभ्स्की र मार्कुस ड्यानिल्सनले एक एक गोल गरे । क्रोएनसियाका लागि पनि मार्कुसले आत्मघाती गोल उपहार दिएका थिए ।

समूहको अन्तिम दुई खेलमा फ्रान्स र स्वीडेन तथा पोर्चुगल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अन्तिम खेलान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment