Comments Add Comment

एसिया प्रशान्त क्षेत्रका मुलुकले गरे अहिलेसम्मकै ठूलो व्यापार सम्झौतामा हस्ताक्षर

३० कात्तिक, काठमाडौं । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनसहित एसियाका १५ मुलुकले अहिलेसम्मकै सबैभन्दा ठूलो व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यद्यपी एसियाको एक ठूलो अर्थतन्त्र भारत भने यसमा सहभागी छैन । सो व्यापार सम्झौतालाई रिजनल कम्प्रिहेनसिभ इकोनोमिक पार्टनरसीप (आरसीईपी) नाम दिइएको छ ।

सो सम्झौता दक्षिण पूर्वी एसियाली मुलुकहरुको संगठन आसियानको वार्षिक कार्यक्रमको साइडलाइनमा भएको हो ।

सबै मुलुकले आन्तरिक रुपमा सो सम्झौता अनुमोदन गरेपछि कार्यान्वयनमा आउने छ । सो सम्झौतामा आसियानका दश मुलुकसहित चीन, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र न्युजिल्याण्ड सहभागी रहेका छन् ।

सो सम्झौताले कोभिड–१९ बाट प्रभावित एसियाली मुलुकहरुको अर्थतन्त्र पुनर्उत्थानमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको हो छ । यो सम्झौताले विश्व अर्थतन्त्रको ३० प्रतिशत अर्थतन्त्र र ३० प्रतिशत जनसंख्या समेट्ने छ ।

यो सम्झौताको मुख्य लक्ष्य भनेको यस क्षेत्रको मुलुकले उत्पादन गर्ने औद्योगिक र कृषिजन्य उत्पादनमा भन्सार दर कम गर्नु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment