
३० कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गाई चुनाव चिह्न गुमाउनुपर्दा पीडावोध भएको बताएका छन् । शुक्रबार गाईतिहारको दिन फेसबुकमा गाई पूजा गरेकव तस्वीर राखेर उनले राप्रपाको सर्वाधिक लोकप्रिय र उपयुक्त चुनाव चिह्न गाई नै रहेको जिकिर गरेका छन् ।
हिन्दुराष्ट्रको एजेण्डा बोकेको पार्टीका लागि गाई चिह्न ठीक हुन्छ भनेर पार्टीका अरु अध्यक्षहरु पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई बुझाउन नसकेको पनि बताएका छन् ।
आज गाई पुजा गर्दा भाव विह्वल भएं।
पार्टी एकताको नाममा राप्रपाको लोकप्रिय र सर्वाधिक उपयुक्त चुनाव चिन्ह ‘गाई’ गुमाउनु पर्दाको पिडा फेरि एकपटक वोध भयो। हिन्दुराष्ट्रको एजेण्डा बोकेको पार्टीकोलागि ‘गाई’ चिन्ह ठीक हुन्छ भनेर पशुपतिजी र प्रकाशजीलाई सहमत गराउन नसक्नु मेरै कमजोरी हो। pic.twitter.com/mthSi7ZPJH— Kamal Thapa (@KTnepal) November 15, 2020
राप्रपा एकीकरणपछि हाल चुनाव चिह्न हलो राख्ने सहमति भएको छ । हलो चुनाव चिह्नमा सहमति जनाएका थापाले गाई तिहारको दिन गाई चिह्न गुमाउनुपर्दा भावविह्वल भएको पनि उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4