Comments Add Comment

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

१ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।

काठमाडौं, ललितपुर र मकवानपुरका २/२ जना तथा झापा, सुनसरी, तेह्रथुम, कास्की सुर्खेत र दार्चुलाका एकएक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।

  • काठमाडौंका ७० वर्षीय पुरुषको आइतबार मृत्यु भएको छ । निमोनिया र श्वासप्रश्वासको समस्या भएर १७ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।
  • काठमाडौंका ७९ वर्षीय पुरुषको आइतबार मृत्यु भएको छ । निमोनिया भएर २१ गते अस्पताल भर्ना भएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • ललितपुरकी ६२ वर्षीया महिलाको आइतबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर २४ कात्तिकमा अस्पताल भर्ना भएकी उनलाई २५ गते कोरोना संक्रमण पुष्टि भएको छ ।
  • ललितपुरका ५८ वर्षीया महिलाको सोमबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर २२ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी उच्च रक्तचाप, मधुमेह र दम रोगका बिरामी समेत हुन् ।
  • बकैया, मकवानपुरका ६० वर्षीय पुरुषको आइतबार मृत्यु भएको छ । निमोनिया भएर २१ कात्तिकमा भरतपुर अस्पताल भर्ना भएका उनलाई २४ गते कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई अरु रोग थिएन ।
  • हेटौंडा-४, मकवानपुरका ५४ वर्षीय पुरुषको सोमबार भरतपुर अस्पतालमा मृत्यु भएको छ । १ मंसिरमा नै कोरोना संक्रमण पुष्टि भएका उनलाई ज्वरो, खोकीका साथै श्वासप्रश्वासमा समस्या थियो ।
  • झापाका ८० वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । २८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी श्वासप्रश्वासमा समस्या भएपछि २९ गते अस्पतालमा भर्ना भएका थिए ।
  • बराह, सुनसरीका ३८ वर्षीया महिलाको सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनलाई कोरोना संक्रमण भएको सोमबार नै पुष्टि भएको थियो ।
  • तेह्रथुमकी २० वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । उनलाई ३० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा-१५, कास्कीका ७० वर्षीय पुरुषको सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएका उनलाई ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • वीरेन्द्रनगर नगरपालिका-११, सुर्खेतका ६२वर्षीय पुरुषको सोमबार प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक २६ गते अस्पताल भर्ना भएका थिए ।
  • दुहु गाउँपालिका-२, दार्चुलाका ३० वर्षीय पुरुषको मृत्यु भएको छ । दुई दिन अघिदेखि श्वास फेर्न गाह्रो भएर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment