२ मंसिर, काठमाडौं । स्पेनी खेलाडी सर्जियो रामोसले आफू पेनाल्टी हान्न नछाड्ने बताएका छन् । नेसन्स लिग अन्तर्गत स्वीट्जरल्याण्डविरुद्धको खेलमा रामोसले दुई पेनाल्टी मिस गरेका थिए । जसले गर्दा स्पेनले १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।
यस्तै रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट पनि तत्काल सन्यास नलिने बताएका छन् । रामोसले स्पेनका लागि १७७ औं खेल खेल्दै युरोपियन राष्ट्रहरुमा सर्वाधिक खेल खेल्ने इटालियन लेजेण्ड गोलकिपर जियानलुजी बफोनको कीर्तिमान तोडेका थिए । कीर्तिमानी खेलमा भने रामोसले दुई पेनाल्टी अवसर चुकाए । त्यसअघि उनले स्पेन र रियल मड्रिडका लागि गरेर लगातार २५ पेनाल्टीमा गोल गरेका थिए ।
रामोसले खेलमा जति पेनाल्टी पाएपनि हान्ने बताए । ‘यदि त्यहाँ अर्को पेनाल्टी हुन्छ भने निश्चय नै म हान्छु । यदि मैले त्यसो गरिन भने म नै म रहन्न’ रामोसले स्पैनिस मिडियालाई भनेका छन् ।
स्पेनका मुख्य प्रशिक्षक लुइस एनरिकले पनि यसअघि नै रामोसले जति पेनाल्टी पनि हान्न भन्दै उनको बचाउ गरेका थिए ।
स्पेनले नेसन्स लिग अन्तर्गत समूह एको अन्तिम खेलमा मंगलबार जर्मनीसंग खेल्दैछ । समूह विजेता बन्दै सेमिफाइनल पुग्न स्पेनलाई जितको आवश्यक छ ।
रामोसले बफोनको कीर्तिमान तोड्दा आफू खुशी भएको भन्दै अहिल्यै सन्यास नलिने पनि बताए । ‘बफोनको कीर्तिमान तोड्नु प्राइड हो । जब तपाईंले सुरु गर्नुहुन्छ तपाईले यो लेभलमा आइपुग्ने बारे सोच्नुहुन्न’ उनले भने ।
यसका लागि रामोसले रै मेहनत गरेको पनि बताए ।
प्रतिक्रिया 4