Comments Add Comment

सचिवालय र मन्त्रिपरिषद बैठकको समय जुध्यो, मन्त्री भट्टराई भन्छन्– सर्वाधिक कठिन समय

३ मंसिर, काठमाडौं । नेकपा सचिवालयको बैठकको समयसँग जुधाएर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीसहित यसअघि बसेको सचिवालय बैठकले आज दिउँसो १ बजे सचिवालय बैठक बस्ने निर्णय गरेको थियो । तर, पार्टीको बैठक छल्न खोजेको अर्थ लाग्ने गरी प्रधानमन्त्री ओलीले आज १ बजे नै मन्त्रिपरिषद बैठक डाकेका छन् ।

ओली पक्ष आजको सचिवालय बैठक रोक्ने प्रयासमा छ । प्रचण्ड–माधव नेपाल पक्ष भने बैठक जसरी भए पनि बसाल्ने तयारीमा छ । मन्त्रिपरिषद बैठकको समय जुधेपछि सचिवालय बैठक के हुन्छ भन्ने अन्यौल भएको छ । सचिवालयमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, रामबहादुर थापा (बादल) र विष्णु पौडेल मन्त्रिपरिषदमा समेत छन् ।

नेकपाको विवाद उत्कर्षमा पुगेका बेला पर्यटनमन्त्रीसमेत रहेका नेता योगेश भट्टराईले ‘सर्वाधिक कठिन समय’ भएको बताएका छन् । उनले ट्वीटरमा सो कुरा उल्लेख गरेका हुन् ।

 

यो पनि पढ्नुहोस प्रचण्डलाई ‘फकाउने’ प्रयास जारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment