+
+
Shares

काभ्रेली कथा एकैठाउँ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३ गते १६:४४

काठमाडौं । पनौती साहित्य समाजले आफ्नो स्थापनाको अवसरमा कथा विशेषाङ्क प्रकाशन गरेको छ । पनौती साहित्य दर्पण (भाग -४) लाई काभ्रेली स्रष्टाहरूको कथा सङ्ग्रह ‘प्रतिनिधि काभ्रेली कथा संग्रह’ को रुपमा प्रकाशित गरेको संस्थाका उपाध्यक्ष एवम् संग्रहका प्रधान सम्पादक डा. सुमनराज ताम्राकारले जानकारी दिए ।

ताम्राकारले कथा विधामा काभ्रे बलियो भएको मात्र होइन नेपाली साहित्यमा आधुनिक कालको सुरुवात गर्ने नारी र पुरुष दुवै कथाकार काभ्रेकै भएका कारणले पनि यो पटक कथालाई प्राथमिकता दिएको बताए । ‘काभ्रेको कानपुरमा पुर्ख्यौली घर भएका गुरुप्रसाद मैनाली नेपाली आधुनिक कथाका अगुवा हुन् । त्यसैगरी काभ्रेकै चेली तुषार मल्लिका नेपाली साहित्य इतिहासमा पहिलो नारी कथाकारको रुपमा दर्जिएकी छिन् ’ ताम्राकारले भने ।

यस कथा संग्रहमा सामाजिक कथा, पौराणिक कथा, लघुकथा, द्वन्द्वकथा, सीमान्तकृत एवं प्रादेशिक कथाका साथै हाँस्य कथा गरी ३९ जना काभ्रेली स्रष्टाका कथाहरू समेटिएका छन् ।

गुरुप्रसाद मैनाली, तुषार मल्लिकाका साथै टंकनाथ शास्त्री, कृष्णप्रसाद पराजुली, किरण खरेल, कन्हैया नासननी, मोहन दुवाल, ध्रुव सापकोटा, हरि अधिकारी, रमा कर्णजित, हरिवंश आचार्य, अम्बु भवानी कार्की, फूलमान बल, विजय सापकोटा, दिनमान गुर्मछान, दीपक सापकोटा, अनामिका सजल, हिरामाया घिसिङका कथा छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?