+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

थप १५ जना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३ गते २०:२५

३ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ ।

भक्तपुर, ललितपुर र कास्कीका २/२, काठमाडौं, चितवन, सिन्धुपाल्चोक, पाल्पा, स्याङ्जा, रोल्पा, रुपन्देही, बाँके र दाङका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् ।

  • काठमाडौंका ४५ वर्षका पुरुषको कात्तिक २९ गते मृत्यु भएको छ । कात्तिक ७ गते संक्रमण पुष्टि भएका उनलाई निमोनिया देखिएपछि कात्तिक ११ गते अस्पताल भर्ना भएका थिए ।
  • महालक्ष्मीस्थान, ललितपुरकी ७९ वर्षकी महिलाको किस्ट अस्पताल ग्वार्कोमा बुधबार विहान मृत्यु भएको छ । स्वास प्रश्वासमा समस्या देखिएपछि कात्तिक २७ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन संत्रमण पुष्टि भएको थियो । उनमा दमको समस्या थियो ।
  • ललितपुरका ८७ वर्षका पुरुषको कात्तिक ३० गते मृत्यु भएको छ । कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएका र २६ गते अस्पताल भर्ना भएका उनमा मिर्गौलाको समस्या थियो ।
  • भक्तपुरकी ७७ वर्षकी महिलाको कात्तिक ३० गते मृत्यु भएको छ । कात्तिक २७ गते संक्रमण पुष्टि भएको र स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो ।
  • भक्तपुरका ५८ वर्षका पुरुषको कात्तिक १९ गते मृत्यु भएको छ । कात्तिक १४ गते अस्पताल भर्ना भएका र १५ गते कोरोना संक्रमण पुष्टि भएका उनमा मधुमेह र मिर्गौलाको समस्या थियो ।
  • चितवनका ८१ वर्षका पुरुषको मंसिर २ गते मृत्यु भएको छ । कात्तिक २७ गते संक्रमण पुष्टि भएका उनी २८ गते अस्पताल भर्ना भएका थिए ।
  • सिन्धुपाल्चोकका ५० वर्षका पुरुषको कात्तिक २९ गते मृत्यु भएको छ । निमोनिया भई कात्तिक २६ गते अस्पताल भर्ना भएका उनमा कात्तिक १६ गते नै संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका–१७, कास्कीकी ७८ वर्षकी महिलाको कात्तिक २ गते दिउँसो १ः ५० बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनमा कात्तिक २७ गते संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका–३, कास्कीका ८३ वर्षका पुरुषको कात्तिक २ गते बेलुका ७ बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनमा कात्तिक २९ गते मृत्यु भएको थियो ।
  • बगनासकाली गाउँपालिका–६, पाल्पाकी ५१ वर्षकी महिलाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा बुधबार मृत्यु भएको छ । ३० कात्तिकमा अस्पताल भर्ना भएकी उनमा मंसिर १ गते संक्रमण पुष्टि भएको थियो । उनी निमोनिया, दम र मधुमेहसम्बन्धी रोगबाट पीडित थिइन् ।
  • पुतलीबजार नगरपालिका–१३, स्याङ्जाका ४६ वर्षका पुरुषको बुधबार विहान १ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । कात्तिक २५ गते संक्रमण पुष्टि भएका उनमा ब्याक्टेरियल निमोनियाको समस्या देखिएको थियो ।
  • रोल्पाकी ७७ वर्षकी महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा बुधबार विहान ११ः १० मा मृत्यु भएको छ । १६ कात्तिकमा संक्रमण पुष्टि भएकी उनमा ज्वरो, दम, मधुमेह र स्वासप्रश्वासमा समस्या देखिएको थियो ।
  • बुटवल उपमहानगरपालिका–७, रुपन्देहीका ४० वर्षका पुरुषको बुधबार विहान साढे ८ बजे कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको छ । कात्तिक २५ गते संक्रमण पुष्टि भएका उनी २६ गते अस्पताल भर्ना भएका थिए ।
  • कोहलपुर नगरपालिका–५ ,बाँकेका ५८ वर्षका पुरुषको भेरी अस्पतालमा मंगलबार साँझ सवा ५ बजे मृत्यु भएको छ । कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएका नेकपाका जिल्ला नेतासमेत रहेका चन्द्र भुसाल सुरुमा होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार नै अस्पताल भर्ना भएका उनी मुटुसम्बन्धी समस्याबाट पीडित थिए ।
  • घोराही उपमहानगरपालिका-१८, दाङका ७५ वर्षीय पुरुषको मंगलबार भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि २६ कात्तिकमा नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका उनलाई २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?