Comments Add Comment

थप १५ जना कोरोना संक्रमितको मृत्यु

३ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ ।

भक्तपुर, ललितपुर र कास्कीका २/२, काठमाडौं, चितवन, सिन्धुपाल्चोक, पाल्पा, स्याङ्जा, रोल्पा, रुपन्देही, बाँके र दाङका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् ।

  • काठमाडौंका ४५ वर्षका पुरुषको कात्तिक २९ गते मृत्यु भएको छ । कात्तिक ७ गते संक्रमण पुष्टि भएका उनलाई निमोनिया देखिएपछि कात्तिक ११ गते अस्पताल भर्ना भएका थिए ।
  • महालक्ष्मीस्थान, ललितपुरकी ७९ वर्षकी महिलाको किस्ट अस्पताल ग्वार्कोमा बुधबार विहान मृत्यु भएको छ । स्वास प्रश्वासमा समस्या देखिएपछि कात्तिक २७ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन संत्रमण पुष्टि भएको थियो । उनमा दमको समस्या थियो ।
  • ललितपुरका ८७ वर्षका पुरुषको कात्तिक ३० गते मृत्यु भएको छ । कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएका र २६ गते अस्पताल भर्ना भएका उनमा मिर्गौलाको समस्या थियो ।
  • भक्तपुरकी ७७ वर्षकी महिलाको कात्तिक ३० गते मृत्यु भएको छ । कात्तिक २७ गते संक्रमण पुष्टि भएको र स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो ।
  • भक्तपुरका ५८ वर्षका पुरुषको कात्तिक १९ गते मृत्यु भएको छ । कात्तिक १४ गते अस्पताल भर्ना भएका र १५ गते कोरोना संक्रमण पुष्टि भएका उनमा मधुमेह र मिर्गौलाको समस्या थियो ।
  • चितवनका ८१ वर्षका पुरुषको मंसिर २ गते मृत्यु भएको छ । कात्तिक २७ गते संक्रमण पुष्टि भएका उनी २८ गते अस्पताल भर्ना भएका थिए ।
  • सिन्धुपाल्चोकका ५० वर्षका पुरुषको कात्तिक २९ गते मृत्यु भएको छ । निमोनिया भई कात्तिक २६ गते अस्पताल भर्ना भएका उनमा कात्तिक १६ गते नै संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका–१७, कास्कीकी ७८ वर्षकी महिलाको कात्तिक २ गते दिउँसो १ः ५० बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनमा कात्तिक २७ गते संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका–३, कास्कीका ८३ वर्षका पुरुषको कात्तिक २ गते बेलुका ७ बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनमा कात्तिक २९ गते मृत्यु भएको थियो ।
  • बगनासकाली गाउँपालिका–६, पाल्पाकी ५१ वर्षकी महिलाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा बुधबार मृत्यु भएको छ । ३० कात्तिकमा अस्पताल भर्ना भएकी उनमा मंसिर १ गते संक्रमण पुष्टि भएको थियो । उनी निमोनिया, दम र मधुमेहसम्बन्धी रोगबाट पीडित थिइन् ।
  • पुतलीबजार नगरपालिका–१३, स्याङ्जाका ४६ वर्षका पुरुषको बुधबार विहान १ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । कात्तिक २५ गते संक्रमण पुष्टि भएका उनमा ब्याक्टेरियल निमोनियाको समस्या देखिएको थियो ।
  • रोल्पाकी ७७ वर्षकी महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा बुधबार विहान ११ः १० मा मृत्यु भएको छ । १६ कात्तिकमा संक्रमण पुष्टि भएकी उनमा ज्वरो, दम, मधुमेह र स्वासप्रश्वासमा समस्या देखिएको थियो ।
  • बुटवल उपमहानगरपालिका–७, रुपन्देहीका ४० वर्षका पुरुषको बुधबार विहान साढे ८ बजे कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको छ । कात्तिक २५ गते संक्रमण पुष्टि भएका उनी २६ गते अस्पताल भर्ना भएका थिए ।
  • कोहलपुर नगरपालिका–५ ,बाँकेका ५८ वर्षका पुरुषको भेरी अस्पतालमा मंगलबार साँझ सवा ५ बजे मृत्यु भएको छ । कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएका नेकपाका जिल्ला नेतासमेत रहेका चन्द्र भुसाल सुरुमा होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार नै अस्पताल भर्ना भएका उनी मुटुसम्बन्धी समस्याबाट पीडित थिए ।
  • घोराही उपमहानगरपालिका-१८, दाङका ७५ वर्षीय पुरुषको मंगलबार भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि २६ कात्तिकमा नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका उनलाई २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment