
Photo Credit : ANI
४ मंसिर, काठमाडौं । भारतको नियन्त्रणमा रहेको जम्मु–कश्मीरको नगरौटामा भारतीय सुरक्षाकर्मीको इन्काउन्टरमा चार चरमपन्थी मारिएको जम्मु कश्मीर प्रहरीले बताएको छ । प्रहरीका अनुसार बिहीबार बिहान बन टोल प्लाजा नजिकै यो घटना भएको हो । यो इन्कान्टरमा प्रहरी, सीआरपीएफ र भारतीय सेना संलग्न थिए ।
एक भारतीय न्युज च्यानलसँग कुरा गर्दै जम्मु–कश्मीरका डीजीपी दिलबाग सिंहले मारिएका चरमपन्थीहरु जैस ए मोहम्मदका लडाकुहरु रहेको दाबी गरेका छन् । उनीहरु ट्रकमा सवार थिए र कश्मीर घाटीतर्फ जाँदै थिए । तर, जम्मुको नगरोटामा नै यो ट्रक समातिएको थियो । यो घटनापछि अहिले उक्त क्षेत्रको सुरक्षा बढाइएको छ । उनीहरु के उद्देश्यले आएका थिए भन्ने विषयमा अहिले अनुसन्धान चलिरहेको प्रहरीले बताएको छ ।
स्रोत : बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4