+
+

कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ४ गते १५:५३

४ मंसिर, जनकपुरधाम । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट धनुषामा वडाध्यक्षको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ६ का अध्यक्ष ७५ बर्षीय वडाध्यक्ष बन्देबहादुर मोक्तानको बिहीबार मृत्यु भएको हो ।

स्वनस्थ्यमा समस्या आएपछि मोक्तानलाई १ मंसिरमा प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । सोही दिन स्वाब दिएका उनलाई संक्रमण भएको सोमबार पुष्टि भयो ।

उनको बिहीबार दिउँसो १२ बजेर ४५ मिनेटमा उनको मृत्यु भएको नगरपालिकाका उप प्रमुख विद्या भुजेलले जानकारी दिइन् ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आईसीयूमा राखेर उपचार थालिएको थियो । तर उपचारकै क्रममा मृत्यु भएको छ । उनमा उच्च रक्तचाप र मुटुसम्बन्धी रोग पनि थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?