Comments Add Comment

पद सम्हाल्ने बित्तिकै बिहारका शिक्षामन्त्रीले दिए राजीनामा

४ मंसिर, काठमाडौं । गत सोमबार बिहारको शिक्षामन्त्रीमा शपथ लिएका मेवालाल चौधरीले बिहीबार राजीनामा दिएका छन् । उनले बिहीबार आफ्नो पदभार सम्हालेसँगै राजीनामा दिएका हुन् ।

सहायक प्राध्यापक तथा जुनियर वैज्ञानिकको नियुक्तिमा अनियमितताको मुद्दाको कारण उनले नैतिकताको आधारमा राजीनामा दिएका हुन् । बिहारमा हालै सम्पन्न भएको विधानसभा निर्वाचनमा जित हात पारेको एनडीए गठबन्धनको तर्फबाट गत सोमबार चौधरीले मन्त्रीको शपथ लिएका थिए ।

जेडीयूका प्रवक्ता अजय आलोकले आफ्नो गठबन्धनले स्वच्छताको उच्च मापदण्ड पालना गरेको भन्दै विपक्षी दललाई पनि यसको पालना गर्न आग्रह गरेका छन् । यद्यपि विपक्षी दलका नेता तेजस्वी यादवले एउटा मात्र राजीनामाले काम नबन्ने बताएका छन् । उनले अझै पनि धेरै विषयहरु सम्बोधन गर्न बाँकी विषयहरु रहेको उल्लेख गरे ।

एनडीएले यो निर्वाचनमा अपराध, भ्रष्टाचार र साम्प्रदायिकतामा कहिले पनि सम्झौता नगर्ने दाबी गर्दै आएको थियो । सोही मुद्दा उठाउँदै विपक्षीले चौधरीलाई शिक्षामन्त्री बनाइएकोमा विरोध जनाएका थिए । विरोधपछि एनडीएले उनलाई पदबाट राजीनामा दिन लगाएको हो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment