Comments Add Comment

ओरिण्टल होटल्सको साधारणसभा सम्पन्न

४ मंसिर, काठमाडौं । ओरिण्टल होटल्स लिमिटेड (र्‍याडिसन होटल) को साधारणसभा सम्पन्न भएको छ । बिहीबार सम्पन्न तेइसौं वार्षिक साधारण सभामा कम्पनीको अध्यक्ष श्रीमति सुभद्रा श्रेष्ठले होटलको अवको रणनिति कर्मचारी दायित्वलाई कम गर्ने, अन्य खर्चहरुमा पनि ब्यापक कटौति गर्ने, होटलका सेवाहरुलाई थोरै मानव संशाधन प्रयोग गरेर नेपाल सरकारले जारी गरेका सुरक्षाका उपायहरु प्रयोग गरि मांग अनुसार ब्यवसाय गर्ने रणनीति अबलम्बन गर्ने जानकारी दिएकी हुन् ।

कोभिड १९ को प्रभावले पर्यटकहरु आगमनमा कमी भएपछि होटलको खुद नाफा समेत गत आव २०७६।०७७ मा अघिल्लो आवको तुलनामा २४ करोड १६ लाख रुपैयाँले घटेको छ। गत आवमा होटलले ६।६९ करोड मात्र खुद नाफा कमाएको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । अघिल्लो वर्ष यस्तो नाफा ३०।८५ करोड थियो ।

यसैगरी अब आउने दिनहरुमा कोभिड १९ को प्रभाव कहिले सम्म रहन्छ भन्ने यकिन गर्न नसकिने भएकोले होटलले नेपाल सरकारसँग सहुलियत ब्याजदर मांग गर्ने, कोभिडको समयलाई उच्चतम उपयोग गरि हाल चालु अवस्थामा आफ्नै जग्गामा निर्माणधीन रहेका परियोजनालाई निरन्तरता दिई चाँडै सम्पन्न गर्ने योजना बनाएको छ ।

अध्यक्ष श्रेष्ठले सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७६र०७७ मा होटलको कूल आम्दानी ७८.८३ करोड रहेको जानकारी दिइन् । सो अवधिमा होटलको कूल सञ्चालन खर्च ६७।८९ करोड भई जम्मा ११।४४ करोड सञ्चालन नाफा गरेको र सम्पूर्ण खर्चहरु कट्टा गरि खूद मुनाफा ६।६९ करोड मात्र कमाएको श्रेष्ठले जानकारी दिइन् ।

अघिल्लो आर्थिक वर्षमा होटलले २०७५/०७६ मा खूद नाफा ३०.८५ करोड भएको थियो । यसरी उल्लेखिनिय रुपमा नाफा घट्नुको मूख्य कारण कोभिड १९ को प्रभावले पर्यटकहरु आगमन नहुनु हो । तसर्थ यसरी उल्लेखिनिय रुपमा नाफामा ह्रास आएको कारणले यस वर्ष लाभांशको ब्यवस्था नगरिएको जानकारी दिइयो ।

कम्पनीले संस्थागत सुशासन अन्तर्गत यस्तो बिषम परिस्थितिमा पनि समयमा नै बार्षिक साधारण सभा गरेको र आफ्नो वित्तीय प्रतिवेदनहरु पारदर्शिरुपमा प्रत्येक त्रैमासिक एवं वार्षिक रुपमा अन्तर्राष्ट्रिय बित्तिय प्रतिवेदन मान (आईएफआरएस) अनुसार तयार गरिएको नेपाल वित्तिय प्रतिवेदन मान ९एनफआरएस० ले निर्धारण गरे अनुसार तयार गर्दै आएको जानकारी दिइएको थियो ।

होटलले आप्mनो स्तरीय सेवालाई निरन्तरता दिन व्यावसायिक दृष्टिकोणले अति उत्तम बनाई स्तरीय सेवा प्रदान गर्न साथै अहिले नयाँ निर्माण हुने विभिन्न होटलहरुसँग प्रतिस्पर्धा गर्नको लागि आफ्नो पुरानो भवनलाई पूनर्निर्माण गर्ने योजना बनाएको छ ।

यसअनुसार यस वर्ष होटलको छैठौं तथा सातौं तल्ला पूनर्निर्माण भई संचालनमा आईसकेको छ भने होटललाई अत्यावशक पर्ने एसि सिस्टमलाई आधुनिक भिआरएफ सिस्टमले प्रतिस्थापन गर्ने र बढी उर्जा खपत हुने तथा वातावरणमा असर पार्ने पुरानो प्रविधिको बोइलरलाई प्रतिस्थापन गर्ने व्यवस्था मिलाइएको छ । पर्यटन ब्यवसाय सामान्य रुपमा संचालन हुनासाथ त्यसको प्रत्यक्ष लाभ होटलले लिन सक्ने विश्वास होटलको छ ।

कम्पनीको तेइसौं वार्षिक साधारण सभा र्‍याडिसन होटल, लाजिम्पाटबाट भर्चुअल माध्यम जुम एपबाट अध्यक्ष श्रीमति सुभद्रा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment