+
+
Shares

३९६ वटा आधारभूत अस्पताल बनाउन ५८ अर्बको स्रोत सुनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ५ गते १३:२५

५ मंसिर, काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चत गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त कार्यका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको मन्त्रालयले जानकारी दिएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालका अनुसार ५, १० र १५ शैयाका आधारभूत अस्पताल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवषर्ीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरेको हो ।

यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वाषिर्क बजेटमा समावेश गरी स्थानीय तहमा सशर्त अनुदानको रुपमा उपलब्ध गराइने भएको छ । अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि यसअघि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ स्थानीय तहमा पठाइसकेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा एक महिनाअघि भएको बैठकले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रम अनुसार यही मंसीर १५ गते भवन निर्माणको शिलान्यास गर्ने निर्णय गरेको थियो ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?