Comments Add Comment

डर्टमण्डको सिनियर टिमबाट खेल्न माउकोको तयार

५ मंसिर, काठमाडौं । १२ वर्षको उमेरमै युसुउफा माउकोकोले बवरुसिया डर्टमण्डको यू्-१७ टिममा खेले । १४ वर्षको हुँदा यू-१९ टिममा स्थान बनाए । उनले क्लबको युवा  टिमका लागि ८४ खेलमा १२७ गोल गरे । यही कारणले गर्दा उनलाे सिनियर टिममा प्रशिक्षण गर्ने अवसर पाए ।

उनी शुक्रबार १६ वर्ष लागेकाले हेर्था बर्लिनविरुद्धको खेलमा डर्टमण्डबाट खेल्ने सम्भावना छ । ‘उनी धेरै राम्रा छन्, उनीसँग ठूलो सम्भावना छ,’ उनका प्रशिक्षक लुसियन फाभ्रेले भने ।

माउकोकोले चार खेलमा तीन ह्याट्रिकसहित १३ गोल गरे जसले गर्दा उनलाई जर्मनीको यू-२० टिममा स्थान मिल्यो । ‘यो अविश्वसनीय छ कि । यो उमेरको केटोले दुई वर्ष र तीन वर्ष भन्दा ठूला विपक्षीविरुद्ध खेल्न सक्छ र धेरै गोल गर्न सक्छ’ जर्मन राष्ट्रिय टिमका प्रशिक्षक योकिम लो ले भने ।

यदि माउकोकोले हेर्था बर्लिनविरुद्ध डर्टमण्डका लागि आधिकारिक डेब्यु गरेमा उनले डर्टमण्डका मिडफिल्डर नुरी साहिनको कीर्तमान तोड्नेछन् । साहिनले १६ वर्ष ११ महिना हुँदा डेब्यु गरेका थिए ।

‘हामी रेकर्ड तोड्ने प्रयास गरिरहेका छैनौँ, तर असाधारण प्रतिभाशाली युवा खेलाडीलाई नखेलाउनु अन्य लिगको तुलनामा घाटा हो’ डर्टमण्डका युथ कोअर्डिनेटर लार्स रिकेनले किकरसंग भने ।

दि सनका अनुसार माउकोकोले अहिले ३ लाख ५० हजार युरो वार्षिक आम्दानी गरिरहेका छन् र नाइकसंग अहिल्यै १० मिलियन युरोको सम्झौता गरिसकेका छन् ।

सामुएल एटोले माउकोकोलाई ‘नेक्स्ट लिओनल मेसी’को नाम दिएका छन् र साहिनले कडा समय आउने भनेर यी युवकलाई चेतावनी दिएका छन् । ‘नयाँ नियम अनुसार मलाई थाहा भयो कि मेरो कीर्तिमान चाँडै तोडिदैँछ’ साहिनले किकरसंग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment