Comments Add Comment

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेठो छोरालाई कोरोना संक्रमण

६ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेठो छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ । रिपोर्ट पोजेटिभ आएपछि ४२ वर्षीय डोनाल्ड ट्रम्प जुनियर आफ्नो क्याबिनमा क्वारेन्टिनमा रहेको बीबीसीले जनाएको छ ।

उनले कोभिड प्रोटोकल सबै पालना गरेको र हालसम्म कुनै लक्षण नदेखिएको पनि समाचारमा जनाइएको छ ।

उनकी श्रीमती किम्बर्ली गिलफोयलमा कोरोना संक्रमण छ कि छैन भन्नेबारे पनि खुलिसकेको छैन । यसअघि गत जुलाई महिनामा किम्बर्ली कोरोना संक्रमित भएकी थिइन् र उपचारपछि उनी पूर्णरुपमा निको भएकी थिइन् । त्यतिबेला ट्रम्प जुनियरलाई भने कोरोना संक्रमण देखिएको थिएन ।

अक्टुबर महिनाको पहिलो हप्ता राष्ट्रपति ट्रम्पलाई पनि कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनसम्म अस्पताल भर्ना भएका थिए ।

गत शुक्रबार राष्ट्रपति ट्रम्पका विशेष सहायक एन्ड्र्यु ज्यूलियानीले पनि आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । ज्यूलियानी ट्रम्पको निजी अधिवक्ता रुडी ज्यूलियानीको छोरा हुन् ।

सीबीएस न्यूजका अनुसार ह्वाइटहाउसमा कम्तिमा चार जनालाई कोरोना संक्रमण देखिएको छ । यसै महिना ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मिडोज र अन्य सहायकलाई पनि कोरोना संक्रमण देखिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment