Comments Add Comment

फेलिक्स र ग्रीजमन : सेभेनको खेल

६ मंसिर, काठमाडौं । शनिबार जाओ फेलिक्सको एटलेटिको म्याड्रिडले एन्टोइन ग्रीजमनको बार्सिलोनासँग खेल्ने क्रममा स्पेनी फुटबलका यी दुई स्वतन्त्र खेलाडीहरु एकअर्का विरूद्ध उत्रने छन् ।

दुबै खेलाडीहरूको क्यारियरमा धेरै समानताहरू छन् । सन् २०१९ मा ग्रीजमनको स्थानमा एट्लेटिको ल्याइएका फेलिक्सले ग्रीजमनको पाइला पछ्याइरहेका छन् ।

पोर्चुगलका अन्तर्राष्ट्रिय फेलिक्सले वान्डा मेट्रोपोलिटानोमा फ्रेन्चम्यानको ७ नम्बर जर्सी लगाएका छन् । पहिलो सिजन उनको लागि कठिन थियो तर अहिले भने उनी आफ्नो लय भेट्टाइरहेका छन् । ला लिगामा शनिबार नयाँ र पुराना खेलाडीबीच भेट हुँदैछ ।

पार्टनरबिनै फेलिक्स

शनिबारको खेलमा फेलिक्स एट्लेटिकोका मुख्य अट्याकिङ थ्रेटको रुपमा रहनेछन् । डिएगो सिमिओनीको टिमका लागि फेलिक्सले पाँच गोल गरिसकेका छन् । च्याम्पियन्स लिगमा २ गोल गरेका छन् जुन लुइस सुआरेजको जति नै हो । सुआरेज भने कोरोना पोजेटिभ देखिएपछि आफ्नो पूर्व क्लबविरुद्ध उपलब्ध हुने छैनन् ।

गत सिजन वान्डा मेट्रोपोलिटानोमा सुआरेजले मेसीको लागि पास उपलब्ध गराएका थिए जसले बार्सिलोनालाई विजेता बनायो ।

फेलिक्सले बार्सिलोनाविरुद्ध यस्तो अनुभव यसअघि नै प्राप्त गरिसकेका छन् । जसमा एक जित. एक बराबरी र एक हार छ । उनले तीन खेलमा सुरुवातमा खेलेका थिए । जसमध्ये दुई खेल ला लिगा र एक स्पानिस सुपरकपमा थियो । तर उनी कुनैमा पनि आफ्नो बेस्टमा थिएनन् ।

यो गत सिजनको कथा जस्तै छ । यद्यपि त्यहाँ उसको उल्लेखनीय क्षमताको झलकहरू धेरै थिए । यस सिजन उनी हेर्नको लागि उत्कृष्ट र प्रभावकारी छन् । उनी गत सिजनको भन्दा दुई गोल मात्र पछाडि छन् ।

ग्रीजमन थप गोलको खोजीमा

शनिबार वान्डा मेट्रोपोलिटोको भ्रमण गर्दा फरवार्ड घर फर्कँदैछन् । उनले डिएगो सिमिओनीको नेतृत्वमा तीन ट्रफी जितेका थिए र टिमको हरेक सफलतामा मुख्य हिस्सा थिए ।

बार्सिलोनामा ग्रीजमनको जीवन उतारचढावपूर्ण रहेको छ । बार्सिलोनाको जर्सीमा उनलाई राम्रो सुरुवात गर्न गाह्रो भइरहेको छ ।

यद्यपि पछिल्लो सातामा उनले आफ्नो लय समातेका छन् र एट्लेटिकोविरुद्ध खेल्दा उनी लगातार तीन म्याच डेमा गोल गर्ने अभियानमा छन् । ग्रीजमनले एट्लेटिकोविरुद्ध अहिलेसम्म गोल गरेका छैनन् । तर उनले गत सिजन स्पानिस सुपर कपमा भने गोल गरे ।

ग्रीजमनले शनिबार बार्सिलोनाको सुरुवाती लाइनमा खेल्छन् भन्ने हेर्न बाँकी छ । उनले रोनाल्डो कोएमनको नेतृत्वमा राइट विङमा खेल्न थालेका छन् तर त्यसले काम नगरेपछि उनलाई सेन्ट्रल भूमिकाका लागि खेलाइयो र उनले नम्बर १० को रुपमा राम्रो प्रदर्शन गरे ।

एट्लेटिकोका पूर्व खेलाडीले ला लिगाको दुई खेलमा रियल बेटिस र अलाभेज विरुद्ध गोल गरे । बार्सिलोनाको नयाँ नम्बर ७ को लागि आफ्नो योग्यता प्रमाणित गर्न यो उपयुक्त थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment