मंसिर १० गतेदेखि सुरु हुन लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणका लागि नेपाल क्रिकेट संघ (क्यान) ले फिटनेस ट्रेनर नियुक्त गरेको छ । क्यानले भारतीय आशय हतकरलाई फिटनेस ट्रेनरको रुपमा नियुक्त गरेको हो ।
हतकर भारतको ‘ओलम्पिक गोल्ड क्वेस्ट’ नामक संस्थाको सहायक स्ट्रेन्थ एण्ड कन्डिसनिङ कोचको जिम्मवारी निभाइसकेका छन् । फिटनेस क्षेत्रमा उनको १२ वर्षको अनुभव छ ।
क्यानले बन्द प्रशिक्षणका लागि यसअघि नै २२ खेलाडीको सूची सार्वजनिक गरिसकेको छ र मंसिर ८ गते सबैको कोरोना पिसिआर परिक्षण गरिने छ । पिसिआर नेगेटिभ आउनेलाई मात्रै प्रशिक्षणमा समावेश गरिने क्यानले जनाएको छ ।
बन्द प्रशिक्षणका लागि जगत टमाटालाई प्रशिक्षण तोकिएको छ । यद्यपि मंसिर दोस्रो साता राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षक नियुक्त गर्ने भनिएको छ ।
प्रतिक्रिया 4