+
+

‘कोरोना एन्टिबडी ६ महिनासम्म रहन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ७ गते ९:१७

७ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको एन्टिबडी ६ महिनासम्म रहने र यसले कोरोनाको दोस्रो संक्रमणबाट बचाउने एक अध्ययनले देखाएको छ । अक्सफोर्ड युनिभर्सिटी हस्पिटलका स्वास्थ्यकर्मीहरुले गरेको अध्ययनले यस्तो देखाएको हो ।

उनीहरुले नियमितरुपमा कोरोना संक्रमण तथा एन्टिबडीको परीक्षण गर्दै आएका थिए । सो क्रममा कोरोनाविरुद्धको एन्टिबडी ६ महिनासम्म रहने पाइएको हो । अध्ययनको क्रममा मानिसको शरीरमा जति धेरै एन्टिबडी विकास भयो दोस्रोपटक संक्रमण हुने जोखिम पनि त्यति नै कम हुने गरेको पाइएको थियो ।

त्यस्तै अर्को एक अध्ययनले कोरोना भाइरस परिवारका अन्य रोगविरुद्धको प्रतिरोधी क्षमताले पनि कोभिड–१९ को लागि काम गर्ने गरेको पाइएको थियो ।

संक्रमणविद् केटी जेफ्रीले कोरोना खोप आउन लागेको अवस्थामा यस किसिमको समाचार उत्साहवर्द्धक रहेको बताएकी छन् । छोटै अवधिको लागि भए पनि एकपटक एन्टिबडी विकास भएपछि कोरोना संक्रमणबाट बच्न सकिने यो अध्ययनले देखाएको जेफ्रीले बताइन् ।

अक्सफोर्डको यो अध्ययनमा १२ हजारभन्दा धेरै स्वास्थ्यकर्मीहरु सहभागी थिए । जसमध्ये ११ हजार स्वास्थ्यकर्मीको कोभिड–१९ एन्टिबडी नेगेटिभ पाइएको थियो । अध्ययनको क्रममा एन्टिबडी नभएकामध्ये ८९ जनामा लक्षणसहितको संक्रमण देखिएको थियो ।

यद्यपि एन्टिबडी विकास भइसकेका कसैमा पनि लक्षणसहितको संक्रमण देखिएको थिएन । एन्डिबडी भएकामध्ये पनि तीनजना मानिसमा भने लक्षणविनाको कोभिड–१९ पाइएको थियो । लक्षणविनाको कोभिड–१९ देखिनेको संख्या एन्टिबडी नभएका मानिसहरुमा ७६ थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?