
७ मंसिर, काठमाडौं । सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । आइतबारको कारोबारका लागि छापावाल सुनको भाउ ९४ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ । शुक्रबार छापावल सुनको भाउ ९४ हजार तथा तेजावी सुनको भाउ ९३ हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको भाउ भने अघिल्लो कारोबार दिनको तुलनामा नबढेको महासंघले जनाएको छ । चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
कोरोनाका कारण शिथिल बनेको सुन बजारमा तिहारमा चहल पहल बढेको थियो । विवाहको महिना सुरु भएकाले सुनको कारोबार बढ्ने प्रतिक्षामा व्यवसायीहरु छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4