
७ मंसिर, काठमाडौं । सगरमाथा आधार शिविरमा पर्ने फाक्दिङस्थित यति माउन्टेन होम्समा आगलागी भएको छ । आज बिहान भएको आगलागी अहिले भने नियन्त्रणमा आइसकेको खुम्बु गाउँपालिकाकी उपाध्यक्ष टसील्हामु शेर्पाले जानकारी दिइन् ।
‘बिजुली सर्ट भएर आगलागी भएको रहेछ,’ उनले अनलाइनखबरसँग भनिन्, ‘स्थानीय युवा र सगरमाथा राष्ट्रिय निकुन्जमा खटिएको नेपाली सेनाले आगलागी नियन्त्रणमा लिएका छन् ।’
आगलागीबाट किचेन र डाइनिङ हलमा क्षति पुगेको उनले जानकारी दिइन् । यो रिर्सोट यति समूहबाट संचालित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4