+
+
Shares

गोरखामा २ प्रदेश निर्वाचन क्षेत्रको रकमबाट ५० योजना छानिए

विकास मरहट्टा विकास मरहट्टा
२०७७ मंसिर ७ गते १३:२९

७ मंसिर, गोरखा । गोरखाको दुईवटा प्रदेश निर्वाचन क्षेत्रको निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम बाँडफाट भएको छ । गण्डकी प्रदेशको प्रदेश निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा २५ योजना छनोट भएका छन् ।

प्रदेश सांसद एवं गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाको क्षेत्रमा २ करोड रुपैयाँबाट २५ योजना छनोट भएको छ ।

गोरखा नगरपालिका–२ कोखेआहाले देउराली डाँडा गाइखुर सडक स्तरोन्नती र आहाले मुस्लिम कबरुस्थानमा कम्पाउण्ड निर्माणका लागि २५÷२५ लाख रकम विनियोजन भएको छ । गोरखा नगरपालिका–५ सतिपिपल स्वाँरा– घलाङ सडक स्तरवृद्धि, नेपाल मगर संघ जिल्ला समिति गोरखाको भौतिक पूर्वाधार निर्माण, दर्वुङमा रहेको अन्नपूर्ण महिला समूहको भवन निर्माण र सिउरेनीटार कृषि सामुदायिक भवन निर्माणका लागि ८/८ लाख रुपैयाँ छुट्याइएको छ ।

गोरखा नगरपालिका–४ स्थित नमुना टोल सुधार समितिको सामुदायिक भवन निर्माण, याङ्दीको शिव पार्वती कृषि सामुदायिक भवन निर्माण, कालिका युवा क्लब भवन निर्माण, महाकाली एकीकृत युवा क्लब भवन निर्माण, उपशक्ति युवा क्लबको भवन निर्माण, कोटथोक पर्यटन सामुदायिक भवन निर्माण, तल्लो ज्यामिस्वाँरा सामुदायिक भवन निर्माण, थापागाउँ कृषि सामुदायिक भवन निर्माण र छापथोक कृषि सामुदायिक भवन निर्माणका लागि ७/७ लाख रकम विनियोजन भएको छ ।

गोरखा नगरपालिका–३ बिन्ध्यवासिनी माविमा शहीद प्रकाश धिताल स्मृति मञ्च निर्माण, स्याम्केस चेपाङ गाउँमा बाख्रा खोर तथा अन्य पूर्वाधार निर्माण, गोरखा अस्पतालमा शव भवनको साइडमा कम्पाउण्ड वाल निर्माण, कृषि तथा वन विज्ञान अनुसन्धान केन्द्रको भौतक पूर्वाधार निर्माण तथा तारबार, शहीद अविनाश स्मृति युवा क्लबको अधुरो भवन निर्माणका लागि ६/६ लाख रुपैयाँ छुट्याइएको छ ।

त्यस्तै गण्डकी गाउँपालिका–३ तिवारी गाउँदेखि भैरव मन्दिरसम्म पुग्ने सिढी बाटो निर्माणका लागि ५ लाख, गाइखुर रजेटार टोल विकास संस्थाको अधुरो भवन निर्माण, दारसिङ महिला समुहको अधुरो भवन निर्माण र सिम्ले धुर्ली स्वाँरा महिला सामुदायिक भवन निर्माणका लागि ३÷३ लाख रुपैयाँ रकम विनियोजन भएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ मा २५ योजना छनोट भएका छन् । प्रदेश सांसद एवं गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत निर्वाचन उक्त क्षेत्रमा पनि दुई करोड रुपैयाँबाट २५ योजना छनोट भएको छ । सबैभन्दा बढी आरुघाट र भीमसेन थापा गाउँपालिकामा ६२÷६२ लाखका योजना छनोट भएका छन् । धार्चे गाउँपालिकामा ३८ लाख र चुमनुब्री गाउँपालिकामा ३३ लाख रुपैयाँको योजना छनोट भएका छन् ।

आरुघाट गाउँपालिका– ३ नेबोट पोखरी देउराली मोटरबाटो निर्माणका लागि २५ लाख, वडा नम्बर १० आरुपोखरी घ्यापिङथोक साततलेभिर पिपलडाँडा मोटरबाटो निर्माणका लागि ८ लाख, वडा नम्बर ९ आरुटार युवा क्लब खेलकुद मैदान निर्माण र वडा नम्बर ४ आर्खेतको बागबजार ढलान कार्यका लागि ७/७ लाख रुपैयाँ छुट्याइएको छ । वडा नम्वर ४ राजन एण्ड राजेश कृषि तथा पशुपंक्षी फर्म (पूर्वाधार निर्माण) का लागि ६ लाख, वडा नम्बर १० आर्दश नमूना पशुपंक्षी तथा कृषि फर्म (पूर्वाधार निर्माण) का लागि ५ लाख र वडा नम्बर २ मान्वुको दलित तथा जनजाति उत्थान महिला समूह भवन निर्माणका लागि ४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

भीमसेन थापा गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने कोयापानी ताराखसे जोगीडाँडा सिमलफेद सडक निर्माणका लागि २५ लाख, वडा नम्वर ८ डाँडागाउँ पहेलडाँडा सिनकौली तान्द्राङखोला कृषि सडक निर्माणका लागि १२ लाख, वडा नम्वर ७ कमलपोखरी खेलकुद मैदान निर्माण, वडा नम्बर ३ दलित सामुदायिक भवन निर्माण र वडा नम्बर १ को थ्रीस्टार युवा क्लबको मैदान निर्माणका लागि ५÷५ लाख रुपैयाँ छुट्याइएको छ । वडा नम्बर ६ अश्राङ झिङ्गटे मुस्लिम समुदाय ट्रष्ट भवन निर्माणका लागि ४ लाख, वडा नम्बर ८ घाटवेशीको कुमालदेवी मन्दिर निर्माण र वडा नम्बर ४ वालुवाटार युवा क्लब पूर्वाधार निर्माणका लागि ३/३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

धार्चे गाउँपालिका वडा नम्बर ३ उहियामा धार्चे रेम्बो टावर एण्ड अर्गानिक होम (पूर्वाधार निर्माण) र वडा नम्बर ६ काशीगाउँ खेलकुद मैदान मर्मत तथा प्याराफिट निर्माणका लागि ११/११ लाख रुपैयाँ छुट्याइएको छ । वडा नम्बर ७ लापुवेशीको फोलोङ बहुउदेश्यीय बाख्रा फर्म (पूर्वाधार निर्माण) का लागि ५ लाख, वडा नम्बर ३ खोर्लागाउँको पर्यटकीय प्रतीक्षालय निर्माण योजना र वडा नम्बर ४ लाप्राकको लालीगुराँस युवा क्लब खेलकुद मैदान निर्माणका लागी ४/४ लाख रुपैयाँ विनियोजन भएको छ । वडा नम्बर ५ गुम्दाको शहीद थमरा पार्क तथा प्रतीक्षालय निर्माणका लागि ३ लाख रुपैयाँ छुट्याइएको छ ।

चुमनुब्री गाउँपालिका वडा नम्बर ४ थेराङ खोला झरना हेर्न प्रतीक्षालय निर्माणका लागि ११ लाख, वडा नम्बर ३ पानसिङ स्कुल ग्राउण्ड एवं तारबार निर्माणका लागि १० लाख, वडा नम्बर ६ थुम्चेदेखि लुङटाङ हुदै गणेश हिमाल बेश क्याम्प र चुम्चेत फुट ट्रयाक निर्माणका लागि ७ लाख र वडा नम्बर ७ हुटुङ पारी माथङ गोठमुनि हुँदै चुम्चेतको गो जाने गोरेटो बाटो निर्माणका लागि पाँच लाख रकम छुट्याइएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम भने यसअघि नै बाँडफाँट भइसकेको छ ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?