Comments Add Comment

थप १६६९ जनामा कोरोना संक्रमण, ५६९९ जना संक्रमणमुक्त

७ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३२ जनामा गरिएको परीक्षणमा १६६९ संक्रमित भेटिएका हुन् ।

संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९५७ जना रहेका छन् ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ हजार ६९९ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ रहेको छ ।
सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ ।

कहाँ कति संक्रमित ?

पछिल्लो २४ घण्टामा काठमाडौंमा ७७३, ललितपुरमा १३१, भक्तपुरमा ५३, मोरङमा ८६, कास्कीमा ७६, झापामा ६५, दाङमा ५४, भक्तपुरमा ५३, सुनसरीमा ५२, कैलालीमा ४६, रुपन्देहीमा ४०, सिराहामा २६, नुवाकोट र पाल्पामा २५/२५ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै बाँकेमा २२, धादिङमा १३, इलाम, धनुषा र कञ्चनपुरमा ९/९, संखुवासभा, काभ्रे र चितवनमा ८/८, उदयपुर, बारा र सप्तरीमा ७/७, तनहुँ, लमजुङ, स्याङ्जा, गुल्मी र नवलपरासीमा ६/६ र महोत्तरी, मकवानपुर र बैतडीमा ५/५ जना संक्रमित भेटिएका छन् ।

खोटाङ, दोलखा, सिन्धुपाल्चोक, प्युठान, बर्दिया, रोल्पा र बझाङमा ४/४ जना, ओखलढुंगा, पर्सा, सर्लाही, गोरखा, बागलुङ, अर्घाखाँची र कपिलवस्तुमा ३/३, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, रामेछाप र सिन्धुलीमा २/२ र पाँचथर, सोलुखुम्बु, रौतहट, नवलपरासी पूर्व, म्याग्दी र अछाममा १/१ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment