Comments Add Comment

चौरासिया हत्या प्रकरणका मुख्य आरोपी पक्राउ

८ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), पर्साका स्थानीय नेता मुकेश चौरासियाको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा विन्दवासिनी गाउँपालिका–३, इटियाहीका ३८ वर्षीय अखिलेश प्रसाद चौरसिया भन्ने अशेसर प्रसाद चौरसिया छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साको टोलीले वीरगञ्ज–२५, अली सिर्सियाबाट पक्राउ गरेको हो ।

उनलाई पक्राउ परी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि ६ कात्तिकमा प्रसौनीमा सेलर मिलको भवनमा विन्दवासिनी गाउँपालिका कमिटीद्वारा सपथ ग्रहण गराउने क्रममा नेकपा कार्यकर्ताबीच झडप भएको थियो ।

त्यसक्रममा बाँसको भाटाले लागेर चौरासिया गम्भिर घाइते भएका थिए । उपचारका क्रममा न्युरो अस्पतालमा उनको मृत्यु भएको थियो ।

घटनामा प्रहरीले जाहेरी लिन आनाकानी गरेको भन्दै नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले विज्ञप्ति नै जारी गरेर कारबाही अघि बढाउन माग गरेका थिए । ‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ’ प्रचण्डले भनेका थिए ।

यो पनि पढ्नुस् 

चौरसियाको मृत्युमा दोषी जोसुकै भए पनि कारबाही गर : प्रचण्ड

वीरगञ्जका नेकपा नेताको वयान : मुकेश चौरसियाको हत्या कसरी भयो ?

‘चौरसियालाई कसले हानेको भन्ने एकदमै क्लियर छ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment