+

इब्राहिमोभिचको दुई गोलमा नापोलीमाथि एसी मिलानको शानदार जित

२०७७ मंसिर  ८ गते ९:३५ २०७७ मंसिर ८ गते ९:३५
इब्राहिमोभिचको दुई गोलमा नापोलीमाथि एसी मिलानको शानदार जित

८ मंसिर, काठमाडौं । ज्लाटन इब्राहिमोभिचले दुई गोल गरेपछि इटालियन सिरी ए मा एसी मिलानले नापोलीमाथि उसैको मैदानमा शानदार जित हात पारेको छ ।

भेट्रान खेलाडी इब्राहिमोभिच चम्किँदा मिलानले १० खेलाडीमा झरेर खेल अन्त्य गरेको नापोलीलाई ३-१ ले पराजित गरेको हो । २०औं मिनेटमा इब्राहिमोभिचले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा इब्राहिमोभिचले व्यक्तिगत दोस्रो गोल गर्दा मिलानले अग्रता दोब्बर बनायो ।

६३औं मिनेटमा नापोलीका ड्राई मर्टेन्सले गोल गर्दै नापोलिलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ६५औं मिनेटमा टिमाउ बाकायो रातो कार्ड खाँदै मैदान बाहिरिएपछि नापोली १० खेलाडीमा झर्‍यो ।

त्यसपछि इन्जुरी टाइममा जेन्स पेटर हगले गोल गरेपछि मिलानले ३-१ को जित हात पारेको हो । समान खेलबाट १४ अंक रहेको नापोली छैटौं स्थानमा छ ।

इटालियन सिरी ए

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय