+
+
Shares

नेप्सिनले ल्यायो घरमै बसेर रोयल्टी पाउने नयाँ प्रविधी

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ८ गते १५:५१

नेप्सिन कम्पनीले नयाँ प्रविधी बजारमा ल्याएको छ । विश्वका ४० देशमा एकैसाथ प्रयोगमा ल्याउन लागिएको प्रविधीमा नेपाली गीतसंगीतका श्रष्टाहरुले आफ्नो श्रृजनालाई सिधै अमेजन, एप्पल म्यूजिक, स्पोटिफाई, डिजर, पन्डोरा जस्ता विश्वका डेढ सय भन्दा बढी ठूला म्यूजिक स्ट्रिमिङ र म्यूजिक स्टोरमा निःशुल्क विश्वव्यापी वितरण गर्न सक्ने बताइएको छ ।

नेप्सिने रेभुलुशन नाम दिइएको यो प्लेटफर्मको राइट्स म्यानेजमेन्ट फिचर प्रयोग गरेर फेसबुक, टिकटक, इन्स्टाग्राम र पब्जी जस्ता लाइभ गेम स्ट्रिमिङमा प्रयोग हुने आफ्नो श्रृजनाहरुबाट सर्जकले सिधै रोयल्टी पाउन सक्ने बताइएको छ । श्रष्टाहरुले आफ्नो श्रृजनाको अडियोबाट यो कमाई गर्न सक्नेछन् ।

एजेन्ट्स कमिसनमार्फत बचत हुने २० देखि ३० प्रतिशत रोयल्टी पनि सिधै सर्जकले नै पाउने गरि सेटअप गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?